चितवन। नेकपा एमालेबाट इच्छाकामना गाउँपालिका अध्यक्षको उम्मेदवारको लागि सिफारिस भएका दानबहादुर गुरुङ प्रश्नको घेराबन्दीमा परेका छन् । शनिबार आयोजित ‘इच्छाकामनाको विकास र समृद्धिः नागरिकको अपेक्षा विषयक’ कार्यक्रममा उनलाई मतदाताहरुले मेयर भएपछि इच्छाकामनामा रहेको बाल मजदुर शून्यमा झार्न सुझाव दिएका हुन् ।
मतदाताहरुले उनलाई इच्छाकामनामा शिक्षामा सुधार ल्याउन, पर्यटनको आकर्षक गन्तव्य बनाउन, चेपाङ समुदायको जीवनस्तर उकास्न, सिराइचुलीलाई देशकै प्रमुख पर्यटनको गन्तव्य बनाउन, कृषिमा आत्मनिर्भर बनाउन, पूर्वाधारको विकास गर्न उनलाई मतदाताहरुले सुझाव दिएका छन् ।
मतदाताहरुले उम्मेदवार गुरुङलाई कार्ययोजना बनाएर घोषणापत्र ल्याउन सुझाव दिए । एक मतदाताले भने, ‘विस्तृत कार्ययोजना बनाएर अघि बढ्नूस, इच्छाकामना गाउँपालिकालाई उत्कृष्ट गाउँपालिका बनाउने उद्देश्य राखेर मतदाताको घरघरमा पुग्नूस् ।’
मतदाताहरुको प्रश्न सुनेपछि उम्मेदवार गुरुङले पाँच वर्षसम्म जनता र गाउँपालिकाको विकासमा परिवर्तन हुन नसकेको दावी गर्दै आगामी निर्वाचनमा आफू विजयी भए पाँच वर्षभित्रमा ठूलो परिवर्तन ल्ज्याउन सक्ने बताए ।
इच्छाकामनामा पाँच वर्षसम्म गाँपालिका अध्यक्षको नजर पुग्न नसकेको उम्मेद्वार गुरुङले सबैभन्दा पहिला शिक्षाको समस्या समाधान गर्ने बताए । चेतना अभावका कारण बाल मजदुर बढेकोमा चिन्ता प्रकट गर्दै आफू मेयरमा निर्वाचित भए बाल मजदुर शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरे । उनी भन्छन्, ‘इच्छाकामनाको पहाडी तथा ग्रामीण भेगमा विद्यालय व्यवस्थापन हुन सकेका छैन । पहाडका बालबालिकाले प्राथमिक शिक्षा पनि बल्लतल्ल पाएका छन् । शिक्षा क्षेत्रमा परिवर्तन यहाँको मूख्य आवश्यकता रहेको छ । यसको परिवर्तनमा जोड दिनेछु ।’
इच्छाकामनामा पाँच वर्षसम्म गाँपालिका अध्यक्षको नजर पुग्न नसकेको उम्मेद्वार गुरुङले सबैभन्दा पहिला शिक्षाको समस्या समाधान गर्ने बताए । चेतना अभावका कारण बाल मजदुर बढेकोमा चिन्ता प्रकट गर्दै आफू मेयरमा निर्वाचित भए बाल मजदुर शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यस्तै पर्यटकीय सम्भावना बोकेका त्रिशुली नदी क्षेत्र, सिराइचुली पहाड जस्ता क्षेत्रमा धार्मिक तथा व्यावसायिक क्षेत्रको बजार विस्तार गरी मनकामना आउने ग्राहकलाई त्यहाँसम्म पुग्न सक्ने आकर्षणको केन्द्र बनाउन योजनाबद्ध रुपले लाग्ने बताए ।
कृषिको सम्भावना रहेको इच्छाकामनामा किसानलाई शिक्षासँग जोडेर बीउ, मल, औजार र यन्त्रलगायतका सामग्रीमा अनुदान दिने तथा घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तु मूल्य निर्धारण तथा बजार विस्तारका काम गरी स्थानीयलाई कृषिमा आत्मनिर्भर बनाउने गुरुङले प्रतिबद्धता जनाए । गाउँपालिका भित्र रहेका दलित, सुकुम्बासी र निम्न आयस्तर भएका जनताको अवस्थाप्रति सचेत रहेको बताउँदै आफू जनताको सेवक भएर निरन्तर काम गर्ने उनले बताए ।
नेकपा एमालेको गाउँपालिका कमिटीले प्रतिवद्धता जारी गर्नका लागि आयोजना गरिएको उक्त कार्यक्रममा उम्मेदवार गुरुङले आफू मेयर भए इच्छाकामनालाई देशकै उत्कृष्ट गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, अखिल नेपाल महिला संघका सदस्य तथा स्थानीयको उपस्थिति थियो । उनलाई इच्छाकामनालाई समृद्धिको बाटोतर्फ लैजान सरोकारवालाहरुले विशेष जोड दिएका थिए ।