चितवन। चितवन जिल्ला फुटबल संघको अध्यक्षमा पुनः श्री कृष्ण कार्की चयन भएका छन् । संघको आज (शनिबार) सम्पन्न छैटौं जिल्ला अधिवेशनले कार्कीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
संघको प्रथम उपाध्यक्षमा अनिल शाक्य, द्धितिय उपाध्यक्षमा विजय घले र तृतीय उपाध्यक्षमा विनोद लामालाई चयन भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा दिपक गुरुङ, लाल सिंह गुरुङ, शम्भु विक, रणबहादुर घले, नविन बस्याल, वरुण बस्नेत, अरुणराज वन्त, प्रेमबहादुर गुरुङ, ध्रुव भुसाल, शकुन्तला खड्का र कृष्णबहादुर कार्की चयन भएका छन् ।
यसैबीच संघको आजै सम्पन्न पहिलो बैठले महासचिव र कोषाध्यक्ष मनोनित गरेको छ । संघका अध्यक्ष कार्कीले महासचिवमा रामहरि ढकाल र कोषाध्यक्षमा प्रविण जोशीलाई मनोनित गरेका हुन् ।
खेलकुद पत्रकार पन्त सम्मनित
चितवन जिल्ला फुटबल संघले पत्रकार सुशील पन्तलाई सम्मान गरेको छ । संघले आज (शनिबार) छैटौं अधिवेशनको अवसरमा पन्तलाई सम्मान गरेको हो ।
चितवनको फुटबलको बिकास र प्रचार प्रसारमा पुर्याएको योगदानको मुल्याङ्कन गर्दै पन्तलाई सम्मान गरिएको संघका अध्यक्ष श्री कृष्ण कार्कीले बताए । उनले समाचारका माध्यमबाट खेल क्षेत्रको बिकासमा निरन्तर लाग्न शुभकामना समेत दिए ।
चितवनबाट सञ्चालित एटुजेड समाचार र सिनर्जी एफएममा कार्यरत पन्त नेपाल खेलकुद पत्रकार मञ्च चितवनका कार्यसमिति सदस्य समेत हुन् ।