चितवन । सत्तारुढ गठबन्धनबीच भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रको भागमा परेपछि चितवन कांग्रेसमा असन्तुष्ट चुलिएको छ ।
यतिबेला चितवन कांग्रेसका असन्तुष्ट पक्षको भेला पार्टी कार्यालय कमलनगरमा बसिरहेको छ । कांग्रेसका एक नेताका अनुसार भेलामा आ–आफ्नो भनाइ राख्नेक्रम चलिरहेको छ ।
ती नेताले भने, ‘बागी उठाएर जाने विषयमा पनि छलफल भइरहेको छ, चर्को बहस चलेको छ । बागी उठाएर जाने विषयमा नेताहरु मतमतान्तर चलिरहेको छ ।’ स्थानीय कार्यकर्ताको भावनाविपरीत केन्द्रले महानगरको नेतृत्व माओवादीलाई दिएको भनेर भेलामा तीव्र असन्तुष्टि भइरहेको ती नेताले बताए ।