चितवन । गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले पदबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने जनप्रतिनिधिहरुले राजीनामा दिनुपर्ने प्रावधान अनुसार मेयर पौडेलले राजीनामा दिएका हुन् ।
पौडेल गैँडाकोटको मेयरमा फेरि दावी गरिरहेका छन् । गैँडाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशाासकीय अधिकृत झलकराज पौडेलले राजीनामा पत्र र गाडीको चाबीसमेत मेयर पौडेलले बुझाएका छन् ।