चितवन। नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले केन्द्रिय परिपत्र भन्दा बाहिर रहेर गठबन्धनलाई असर पार्ने कुनै पनि काम नगर्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाइ आग्रह गरेका छन् । खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गएर निर्वाचनलाई नकारात्मक प्रभाव पर्नेगरी केन्द्रिय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउन आग्रह गरेका हुन्।
बिज्ञप्ति मार्फत उनी भन्छन, ‘आसन्न स्थानीय निर्वाचनमा सबै पार्टीहरु होमिएको अवस्था र नेपाली कांग्रेसले गठबन्धनलाइ आत्मसाथ गरि अगाडि बढेने कुरालाइ ध्यानाकर्षण गर्दै नेपाली कांग्रेसको केन्द्रिय परिपत्र अनुसार चितवन कांग्रेस गठबन्धनलाइ पुर्ण पालना गरि अगाडि बढ्ने कुराको समेत जानकारी गराउन चाहन्छु ।’