चितवन । नेकपा एमालेबाट चितवन क्षेत्र नं २ ख मा निर्वाचित भएका बागमती प्रदेशका सांसद विजय सुवेदीले राजीनामा दिएका छन् ।
नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएपछि सांसद विजय सुवेदीले राजीनामा दिएका हुन। उनले प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएको जानकारी दिए ।