चितवन। विवेकशील साझा पार्टीबाट भरतपुर महानगरको मेयरमा उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका इन्जिनियर प्रविन काफ्लेले आफू मेयरमा निर्वाचित भए भरतपुरमा भ्रष्टाचार शून्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले राजनीतिक दल र नेताहरुलाई नागरिकका आवश्यकताभन्दा पर गएर राजनीति गर्ने छूट नभएको बताए । उनले भने, ‘भरतपुर महानगरवासीले आफूलाई मेयरमा जिताए भ्रष्टाचार शुन्यता, सुशासन तथा सहज प्रविधिमैत्री प्रशासनिक सेवा बनाउने छु । निःशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, रोजगारी तथा उद्यमशीलता प्रवद्र्धन गर्ने छु ।