चितवन । राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले पञ्चायतकालको कलकारखाना कौडीको भाउमा बेचेको आरोप लगाएका छन् । भरतपुरमा आयोजित राप्रपाको सभालाई सम्बोधन गर्दै विक्रम पाण्डेले राष्ट्रवादी शक्तिहरुलाई जिताउन अपिल गरे ।
उनले भने, ‘साल राष्ट्रवादीहरुको जित होस्, रोजगारी सृजना गर्दै स्वदेश फर्किने वातावरण बनोस् । फलानो पार्टी भनेर नलाग्नुस्, देश बचाउन लागौं ।’