चितवन । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले संघीयता सेतो हात्ती भएको भन्दै यसलाई ग्रहण गर्न नसक्ने बताए । उनले चितवनमा भएको राप्रपाको सभामा बोल्दै भने, ‘संघीयता बनाएर पालेको सेतो हात्ती हामी राख्दैनौँ, त्यो पैसा जनताको शिक्षा र स्वास्थ्यमा खर्च गर्नेछौँ ।’
भरतपुरको केन्द्रीय बसपार्कमा भएको राप्रपाको सभामा उनले ८ अर्बको ऋण १७ खर्ब पुगेको दावी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र भरतपुर महानगर प्रमुख रेनु दाहालको चर्को आलोचना गरे । माडीको १९ वटा पुल राप्रपाका नेता विक्रम पाण्डेले बनाएको दावी गर्दै देशमा राजतन्त्र आवश्यक भएको बताए ।