चितवन । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन यतिबेला चितवनमा छन् । राप्रपाको सभामा भाग लिन अध्यक्ष लिङदेन चितवन आएका हुन् । चितवन आएपछि भरतपुर विमानस्थलमा उनले पत्रकार सम्मेलन गर्दै राप्रपाले जितेको पालिकाहरुमा यस्तो सेवासुविधा हुने बताए । उनको भनाइ जस्ताको त्यस्तै ।
राप्रपाले जितेका पालिकाहरुमा १२ कक्षासम्म पूर्ण निःशल्क शिक्षाको व्यवस्था गरिनेछ । १२ कक्षा सम्म नै कम्प्युटर शिक्षा चलाइनेछ । बालकक्षा सुधार, बाल शिक्षकहरुको कम्तीमा १५ हजार तलबको व्यवस्था गरिनेछ । स्वरोजगारका लागि बिना धितो ऋण व्यवस्था गरिनेछ ।
आधारभुत स्वास्थ्य निःशुल्क गरिनेछ । उपचारको अभावमा कोहीले ज्यान गुमाउन नपर्ने व्यवस्था गरिनेछ । सुशासन कायम हुनेछ । राप्रपाले जितेका पालिकाहरुमा स्थानीय कर ५० प्रतिशत घटाइनेछ। ज्येष्ठ नागरिकहरुले पाउँदै आएका सेवा सुविधा घरदैलोमै पुर्याइनेछ । भ्रष्टाचार शून्य बनाइनेछ।