चितवन । यही वैशाख २ गते भरतपुरको केन्द्रीय बसपार्कमा राप्रपा चितवनले विशाल आमसभाको आयोजना गरेको छ । सभामा ५० हजार जनता उतार्ने दावी राप्रपाले गरेको छ ।
आज राप्रपा चितवनले पत्रकार सम्मेलनको आयोजना गरी राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, महामन्त्री डा धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्ने जनाएको छ ।
आमसभास्थलमा २ वटा मञ्च बनाइने छ । अतिथि र कलाकारहरुलाई छुट्टाछुट्टै मञ्चमा राखिनेछ । बसपार्कको खुल्ला चौरलाई ५ दिन लगाएर सरसफाई गरिएको मञ्च व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रवक्ता राजु भण्डारीले जानकारी दिए ।