चितवन । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबीच भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रकै भागमा पर्ने लगभग निश्चितजस्तो भएको छ ।
सत्तारुढ गठबन्धनको बैठकमा नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगर माओवादी केन्द्रको भाग पर्नुपर्ने अडान राखेपछि नेपाली कांग्रेस एक कदम पछि हटेको छ, तथापी अब भरतपुर महानगर माओवादी केन्द्रलाई दिने सहमतिको अन्तिम तयारी भइरहेको कांग्रेसका एक नेताले बताए ।
माओवादी केन्द्रले भरतपुरमा वर्तमान मेयर रेनु दाहाललाई नै पुनः मेयरको उम्मेदवार बनाउन चाहेको छ । रेनुको विकल्पमा भरतपुर महानगरमा हाल माओवादी केन्द्रबाट कुनै उम्मेवार निस्केका छैनन् । माओवादी केन्द्र चितवनले पनि गठबन्धनबाट रेनु दाहाललाई नै भरतपुर महानगरको मेयर पदको दावेदार रहेको बताउँदै आइरहेको छ । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै चितवन कांग्रेसका नेता कार्यकर्ताहरुले विद्रोहको चेतावनी दिए, शीर्ष नेताहरुलाई भेटेर भरतपुर कांग्रेसले पाउनुपर्ने दावी गरे, वडा सभापतिले मेयर माओवादीलाई दिए स्वतन्त्र उमेदवार उठाउने चेतावनी दिए । तर अन्ततः गठबन्धनबीच भागबण्डा हुँदा भरतपुर महानगर माओवादी केन्द्रकै भागमा पर्ने निश्चित देखिएको छ ।
अझै भरतपुर महानगरपालिका माओवादीलाई दिने निश्चित भइसकेको त छैन, तर लगभग सहमति नजिक पुगिरहेको छ ।’ भतरपुरमा कांग्रेसबाट मेयर बन्न २५ जनाले आकांक्षा देखाएका छन् ।
तल्लो तहमा जति नै विरोध भएपनि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भरतपुरमा रेनलाई नै पुनः मेयर बनाउने सहमति बनिसकेको कांग्रेसका एक नेता बताउँछन् । चितवनमा कांग्रेसको तर्फबाट हुनसक्ने विद्रोहलाई राजनीतिक रुपमा व्यवस्थापनको प्रयासमा केन्द्रको कांग्रेस जुट्न थालेको बताइन्छ, तर चितवन कांग्रेसको मन अमिलो भएको छ, उनीहरुले बागी उम्मेदवार उठाउने चेतावनीसम्म दिएका छन् ।
भरतपुर महानगर छोडे पनि चितवनका अन्य पालिकामा कांग्रेसले नेतृत्व लिने सहमती गरी भरतपुर कांग्रेसका नेताहरुको व्यवस्थापनमा लाग्ने केन्द्रका कांग्रेस नेताले बताए । उनले भने, ‘अझै भरतपुर महानगरपालिका माओवादीलाई दिने निश्चित भइसकेको त छैन, तर लगभग सहमति नजिक पुगिरहेको छ ।’ भतरपुरमा कांग्रेसबाट मेयर बन्न २५ जनाले आकांक्षा देखाएका छन् । चुनावी तालमेल भएपनि भरतपुरको मेयर नछाड्न चितवन कांग्रेसका नेताहरुले सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीलाई भेटेर माग गरेका थिए । तर पनि प्रधानमन्त्री देउवा भरतपुर माओवादीलाई छोड्नपर्ने जटिल परिस्थिति आइलाग्यो । नत्र गठबन्धनसम्म टुट्नसक्ने अवस्था आएपछि देउवा बाध्य भएर माओवादी केन्द्रलाई भरतपुर छोड्नुपर्ने अवस्था सिर्जना भएको कांग्रेस नेताहरु बताउँछन् ।
गठबन्धनको मंगलबारको बैठकले वैशाख ५ गतेभित्र स्थानीय तहको तालमेलको खाका केन्द्रमा पठाउन गठबन्धनको तल्लो तहका संयन्त्रहरुलाई निर्देशन दिएको छ । महानगर र उपमहानगरको सिट बाँडफाँटको निर्णय केन्द्रबाटै टुंगो लगाउने निर्णय गठबन्धनले गरिसकेको छ । ६ वटा महानगरमध्ये कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउने निश्चित छ । भरतपुर माओवादीले पाउने निश्चित हुँदा नेकपा एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्जमा दाबी गरेका छन् । ‘यसैमा लगभग सहमति हुनसक्छ’ कांग्रेसका एक नेताले बताए । भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई छोड्ने परिस्थिति बन्यो भने चितवन कांग्रेसले भूमिका कस्तो हुन्छ, चितवन कांग्रेसले दिएको चेतावनीहरु कहाँसम्म पुग्छन् त्यो भने हेर्न बाँकी छ ।