विराटनगर । प्रहरीले मोरङ वेलवारी नगरपालिका वडा नं.–१ माछा हटियाबाट लागुऔषधसहित चार जननलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका–१ का २५ वर्षीय रिकल कोइराला, २४ वर्षीय केशब गुरुङ, २७ वर्षीय विशाल गुरुङ र ३५ वर्षीय सुरज गुरुङ रहेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रमममा को.१७ प.४७२ नम्बर र को.३० प.५६१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
उनीहरूको साथबाट कालो प्लास्टिकभित्र सेतो टेपले बेरी लुकाई छिपाई बोकेका विभिन्न ब्रान्डको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूविरुद्ध लागुऔषध कसुरमा थप अनुसन्धान भइरहेको छ ।