चितवन । रत्ननगरमा नेकपा एकीकृत समाजबादी पार्टीले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी विभिन्न आठ कमिटी गठन गरेको छ । नगर कमिटीको सोमबार सम्पन्न दोस्रो पूर्ण बैठकले नगर इन्चार्ज दुर्गाप्रसाद घिमिरे संयोजक रहेको एक हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
त्यसैगरी बैठकले नगर अध्यक्ष बद्रिनाथ घिमिरे संयोजक रहेको १०१ सदस्यीय प्रचारप्रसार कमिटी र पाँच सदस्यीय प्रशासन समन्वय कमिट, नगर सचिव रामहरी अधिकारी संयोजक रहेको आर्थिक परिचालन कमिटी,जिल्ला सचिव कुलप्रसाद लामिछाने संयोजक रहेको तीन सदस्यीय अनुगमन कमिटी र कलम भूषाल संयोजक रहेको पाँच सदस्यीय चुनावी घोषणापत्र निर्माण कमिटी र सो कमिटीको सल्लाहकारमा केन्द्रीय सदस्य सुर्यप्रसाद लामिछाने चयन भएको जिल्ला सदस्य सरस्वती लामाले जानकारी दिइन ।
सो पार्टीले चैत ३० गते वडाध्यक्ष तथा वडा सदस्य र बैशाख २ गते मेयर र उपमेयर दावी पेश गर्ने मिति निर्वाधरण गरेको युवासंघका जिल्ला सचिव इश्वरराज अधिकारीले जानकारी दिए ।