काठमाडौँ।यो सिजनको इंग्लिस प्रिमियर लिगको फाइनल सरह मानिएको शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलबीचको खेल बराबरीमा सकिएको छ । सिटी र लिभरपुलले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।
सिटीले घरेलु मैदानमा खेलमा दुईपटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । सिटीका लागि कप्तान केभिन डि ब्रुयन र गाब्रियल जेससले गोल गर्दा लिभरपुलका डिएगो जोटा र साडियो मानेले गोल गरे ।
इतिहाद स्टेडियममा आइतबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको पाँचौ मिनेटमा नै घरेलु टोलीले अग्रता लिन सफल भएको थियो । कप्तान केभिन डि ब्रुयनले बर्नाडो सिल्भाको पासमा गोल गर्न सफल भएका थिए । तर, सिटीको त्यो अग्रता लामो समय टिकेन ।
१३औं मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । जोटाले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासलाई सदुपयोग गरेका थिए । ३६औं मिनेटमा गाब्रियल जेससले गोल गरेपछि सिटीले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । उनले जोओ क्यान्सेलोको पासमा गोल गर्न सफल भएका थिए ।
दोस्रो हाफको शुरुमै अर्था ४६औं मिनेटमा साडियो मानेले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए । ६३औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपनि अफसाइड ठहदिा गोलले मान्यता नपाउँदा सिटीले अग्रता लिन सकेन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
यो बराबरीसागै दुवै टोलीको उपाधि जित्ने सम्भावना रहेको छ । शीर्षस्थानको सिटीको ३१ खेलबाट ७४ तथा समान खेलबाटै लिभरपुलको ७३ अंक रहेको छ ।
अन्य नतिजा
ब्रेन्टफर्डविरुद्ध वेस्ट ह्याम (२–०), लेस्टरविरुद्ध क्रिस्टल प्यालेस (२–१) र नर्विचविरुद्ध बर्नले (२–०) एजेन्सी