चितवन । फरक क्षमता भएका विद्यार्थीहरुको विभिन्न खेलकुदका कार्यक्रमहरु भएका छन् । यस्ता प्रतियोगिताबाट बौद्धिक क्षमता वृद्धिमा योगदान पुग्ने विश्वास गरिएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा दृष्टिविहीन, बहिरा बौद्धिक र अटिजम अपांगता भएका विद्यार्थीहरुका लागि आयोजित विशेष खेलकुद प्रतियोगिताको उद्घाटन गरिन् । उनले शारीरिकक रुपमा फरक क्षमता भएका विद्यार्थीहरुको लागि विशेष खेलकुद आयोजनाले बौद्धिक क्षमता बृद्धिमा विशेष योगदान पु-याएको बताएकी छन् ।
शारीरिक रुपमा अपांगता भएकाहरुलाई लक्षित गरी देशमै पहिलो पटक सरकारीस्तरबाटै भरतपुरमा ‘अटिजम स्कुल’ समेत संचालन गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी प्रमुख दाहालले भरतपुर महानगरपालिकाले अपाड्गमैत्री भैतिक पूर्वाधार निर्माणमा जोड दिएको बताउँदै भतरपुर महानगरपालिकाको प्रशासकिय भवन पूर्ण रुपमा अपांगमैत्री हुने बताइन् ।