चितवन । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) ले उम्मेदवार सिफारिसको खाता खोलेको छ । रत्ननगर ९ बाट एमालेले उम्मेदवारको सिफारिसको खाता खोलेको हो । रत्ननगर ९ मा घपनबहादुर तामाङलाई वडाध्यक्षको उम्मेदवार बनाउनको लागि सर्वसम्मत निर्णय भएको छ ।
वडा कमिटीले महिला सदस्यमा सविता चौधरी, दलित महिला सदस्यमा सुष्मा खड्काथोकी र खुल्ला सदस्यमा कमानसिंह चौधरी र बसन्त अम्गाइलाई सिफारिस गरेको एमाले रत्ननगर नगर कमिटीले जनाएको छ ।