चितवन। भरतपुर महानगरपालिका २ आँपटारीका ४६ जना भूमिहीन दलितलाई लालपुर्जा वितरण गरिएको छ । आज (बुधबार) भरतपुर महानगरको वडा २ आँपटारीस्थित देवकोटा चोकमा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलगायतको टोलीले भूमिहीन दलितलाई लालपुर्जा वितरण गरेका थिए ।
लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह गरेकी छन् ।
लालपुर्जा वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भरतपुर महानगर प्रमुख रेनु दाहाल, राष्ट्रिय भूमि आयोग चितवनका प्रमुख बद्री तिमिल्सिना, बागमती प्रदेश श्रम तथा रोजगारमन्त्री घनश्याम दाहाललगायतको उपस्थिति रहेको थियो।
उक्त वडामा २०२८ सालदेखि बसोबास गर्दै आएका सुकुम्बासीले ५० वर्षपछि लालपुर्जा पाउँदा खुशी व्यक्त गरेका ।