चितवन। गायक हरि गिरी विमर्शीको ‘शिरिरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गायक विमर्शी र गायिका सुमी घिमिरे ‘सापकोटा’को स्वरमा सजिएको उक्त गीत आज (सोमबार) शुभारम्भ डिजिटल म्युजिकको अफिसियल युत्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
‘शिरिरी’ बोलको गीतको गीतको शब्द गायक विमर्शीकै रहेको छ भने संगीत गायिका सापकोटाको रहेको छ। भिडियोमा कलाकार सागर लम्साल ‘बले’ र गीता ढुंगानाको अभिनय रहेको छ। निर्देशक एकेन्द्र सारा शंकरले भिडियोको निर्देशन गरेका छन्।
त्यस्तै, उक्त भिडियोको छायांकन प्रकाश खड्का र सम्पादन सुजन कोइरालाले गरका छन्।