चितवन। चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा रहेको अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघको अध्यक्षमा विष्णुप्रसाद बास्तोला निर्विरोध चयन भएका छन् ।
शुक्रवार भरतपुरमा भएको तेस्रो अधिवेशनले बास्तोलाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । महासंघको उपाध्यक्षमा रोशन पट्टेल र सचिव कला बसेल निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा अस्मिता ज्ञवाली र सहसचिवमा अनु पौडेल चयन भएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ माओवादी निकट जनस्वास्थ्यकर्मीको छाता सङ्गठन हो ।