चितवन । भरतपुर महानगरमा माओवादी केन्द्रले घरदैलो कार्यक्रम गरेको छ । गाउँ नगर घरघर जाऔँ, माओवादी केन्द्रलाई जिताऔँ भन्ने नारासहित आज भरतपुर १३ मा घरदैलो अभियान अध्यक्ष सुदीप सुवेदीले जानकारी दिए ।
कार्यक्रममा केन्द्रीय सदस्य यमबहादुर परियार इन्द्रजितले वडा समिति अध्यक्ष सुवेदीलाई झन्डा हस्तान्तरण गरेर घरदैलो तथा भेटघाट कार्यक्रम शुभारम्भ गरेका थिए । कार्यक्रममा बागमती प्रदेश समिति सदस्य गोपालकृष्ण न्यौपाने तथा महानगर कोषाध्यक्ष हरिशचन्द्र सुवेदीलगायतको उपस्थिति रहेको थियो ।