चितवन । जिल्ला अदालत चितवनका प्रमुख हेमन्त रावलले स्थानीय तहमा बनाइएको न्यायिक समितिले वडा वडामा टोलटोलमा न्याय पुगेको अनुभूति भएको बताए ।
आज भरतपुर महानगरमा न्यायिक समितिले गरेको मेलमिलापकर्ता पुनर्ताजकीकरण तालिमको उद्घाटन सत्रका प्रमुख अतिथि रावलले गाउँका, टोलका विवादहरु स्थानीय तहको न्यायिक समितिले फैसला गरिरहेको हुनाले जनतामाझ न्यायको अनुभूति बढ्दै गएको बताए । कार्यक्रममा उनले भने, ‘न्यायिक समितिमा बस्नेहरुले विवादको कुरा सुन्ने, विवादको विन्दु पत्ता लगाउन सक्नुपर्छ । अरुको कुरा सुन्ने धैर्यता अपनाउनुपर्छ ।’
सभ्य सुुसस्कृत समाज निर्माण गर्न हामी सबैको भूमिका रहेको हुनाले सही, निष्पक्ष फैसलामा सदैव लाग्न जरुरी भएको बताउँदै रावलले भने, ‘एकान्तमा राखेर पक्ष विपक्षलाई छुट्टाछुट्टै तरिकाले परामर्श गर्नुपर्छ ।