चितवन। गायक प्रविन भट्ट र गायिका स्मिता दाहालको आवाजमा रहेको नयाँ गीत ‘चाबेल गौशाला’ सार्वजनिक भएको छ। उक्त गीतलाई मिठो क्रियसनको अफिसियल युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो।
काठमाडौंको चक्रपथमा गुड्ने सार्वजनिक सवारीका सहचालक र यात्रु बीचको प्रेमलाई उक्त गीतको भिडियोमा दर्शाइएको छ। भिडियोमा गीता ढुङ्गाना र विजय पुनको दमदार अभिनय रहेको छ। गीतमा गायक भट्टको शब्द रहेको छ भने संगीत ऋषि खड्का र थेगो प्रकाश धमलाको रहेको छ।
छायाँकार अजय रेग्मी लगायत ‘टिम’ले गीतको भिडियो छायांकन गरेको छ। भिडियो सम्पादन प्रविन भट्टले गरेका छन् भने सह-सम्पादन अधिनायकमान शेरचनको रहेको छ। त्यस्तै उक्त गीतमा संगीत संयोजन केशव बडूले गरेका छन्।
भिडियो हेर्नुहोस्।