चितवन । भरतपुर महानगरपालिकामा गठन भएको प्रज्ञा प्रतिष्ठानको सदस्यबाट साहित्यकार एलबी क्षेत्रीले राजीनामा दिएका छन् ।
उनले महानगरमा गएर सदस्य सचिव बालकृष्ण थपलियालाई राजीनामा पत्र बुझाएका हुन् । चैत १५ गते महानगरपालिकामा भएको शपथ ग्रहण समारोहमा पनि क्षेत्री उपस्थित थिएनन् । राजनीतिक खेमाबाट टीका लगाउने काम भएको हुनाले आफूले प्रज्ञा प्रतिष्ठानमा नबस्ने निर्णय गरेर राजीनामा दिएको बताए ।