मोरङ । मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१ सिनेमाहल छेउबाट सोही स्थानका ३५ बर्षीय नारायण परियार र ३२ बर्षीय कृष्ण दर्नाल पक्राउ परेका छन् ।
प्रहरीले उनिहरुलाई लागूऔषध ब्राउन सुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेशिनसहित पक्राउ गरेको हो ।
त्यस्तै बिहिबार राति सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाँउपालिका-२ का ३१ बर्षीय हर्क बिष्ट र २७ बर्षीय योगेन्द्र निरौलालाई घरबाट लागूऔषध ब्राउन सुगर २ ग्राम ४०० मिलिग्राम सहित पक्राउ गरेको छ ।
पक्राउ परेका उनिहरु उपर थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।