चितवन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको चुनावमा एमालेसँग तालमेलको प्रयास भइरहेको बताए ।
भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा थापाले एमालेसँग पहिलो चरणमा केही कुराहरु भएका छन्, राष्ट्रियताको सवालमा राप्रपा नेपाल र एमाले सँगसँगै रहेको बताए । उनले भने, ‘एमालेसँग सहकार्य गर्ने कोशिस भइरहेको छ, सायद स्थानीय चुनावमा तालमेलको सम्भावना बढी छ ।’
पार्टी गठन भएको एक महिना ८ दिनमात्र भएको हुनाले अहिलेको चुनावमा ठूलो अपेक्षा आफूले नगरेको थापाले बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पनि आलोचना गर्दै राजा आउ देश बचाउ भन्दैमा राजसंस्था पुनस्र्थापना नहुने बताए । उनले ज्ञानेन्द्रलाई पार्टी खोलेर अध्यक्ष बन्न चुनौती पनि दिए ।