चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले चालु आर्थिक वर्षको फागुन महिनामा पच्चिस सय भन्दा बढी राहदानी सिफारीस गरेको छ। सोही महिनामा कार्यालयले कुल २ हजार ५१९ वटा राहदानी सिफारीस गरिएको मध्ये २ हजार ४१९ वटा साधारण राहदानी सिफारीश भएका छन भने १०० वटा द्रुत सेवा राहदानी (चितवनबाट सिफारीस लिएर काठमाडौंमा बनाउने) सिफारीस भएका छन । कार्यालयले गत फागुन महिनामा मात्रै १ हजार ६८५ वटा राहदानी वितरण गरेको छ । कार्यालयले गत फागुन महिनामा एक करोड ३० लाख ८० हजार रुपैयाँ राहदानी शुल्कबाट राजश्व संकलन गरेको छ।
प्रशासनको फागुन महिनाको प्रगति विवरण अनुसार अघिल्लो महिना (माघ)को तुलनामा यस महिनामा राहदानी वितरण ५० प्रतिशतले बढेको छ। गत माघ महिनामा चितवनमा ८७३ वटा मात्रै राहदानी वितरण गरिएको थियो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार अघिल्लो महिनामा कोरोना प्रभावका कारण राहदानी लिनेको संख्या कम थियो। कोभिड नियन्त्रण हुँदै जान थालेपछि प्रशासनको सेवा विस्तार सँगै सेवाग्राहीको संख्या पनि बढेको हो।
प्रशासनले चालु आर्थिक वर्षको सात महिनामा दश हजार ८९० वटा राहदानी सिफारीस गरिएको मध्ये ९ हजार ८८० साधारण सिफारीस र एक हजार १० द्रुत राहदानी सिफारीस भएका थिए । प्रशासनले सात महिनामा चितवनमा ८ हजार ७५१ राहदानी वितवरण गरेको छ भने भने सात महिनामा पाँच करोड १५ लाख १७ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको छ।