चितवन । नारायण वन रत्ननगर नगरपालिकाका मेयर हुन् । उनले २०७४ सालको स्थानीय तहको चुनावमा कांग्रेसका उम्मेदवार रुपनराज घिमिरेलाई पराजित गरेका हुन् । नेपाली कांग्रेसका उम्मेदवार घिमिरेभन्दा नेकपा एमालेका उम्मेदवार वनले १४ सय ५० मत बढी ल्याएर विजयी भएका थिए ।
पाँच वर्षको अवधिमा रत्ननगरका मेयर वनले थुप्रै काम गरेको दावी गरिहँदा स्थानीय तहको चुनाव २०७४ का प्रतिद्वन्द्वी रुपनराज घिमिरेले मेयर वनको कामप्रति चितवन प्रेससँग गरेको समीक्षा, उनकै शब्दमा ।
रत्ननगर नगरपालिकामा नारायण वन निर्वाचित भएपछि नगरवासीले थुप्रै विकासका काम हुने अपेक्षा गरेका थिए, तर त्यस्तो कुनै काम हुन सकेनन् । झिनामसिना केही काम भए पनि जुन उहाँले रत्ननगरलाई रत्न बनाउने भन्नुभएको थियो, त्यो पूरा भएकै छैन । रत्ननगरलाई रत्न बनाउने प्रतिबद्धता गरेका नारायण वनले मेयरमा विजयपछि रत्न बनाउन नसकेको प्रष्ट भइसकेको छ । नगरवासीको चाहनाअनुसारको काम गर्न उहाँले सक्नुभएन ।
पाँच वर्षअघि फोहोर व्यवस्थापनको लागि ल्यान्डफिल्ड साइट थिएन अहिले पनि छैन । रत्ननगरमा खानेपानी, अस्पताल, तरकारी बजार पहिल्यै थियो । यदी अरु काम वनले गरेका छन् भने मेरो दृष्टि नपुगेको हुन सक्छ ।
मेयर पदमा विजयी हुन वनले २०७४ मा निकै लामा घोषणापत्र सार्वजनिक गर्दै धेरै प्रतिबद्धता जनाउनुभयो, तर ती प्रतिबद्धता पूरा हुन सकेकै छैनन् । ठूलठूला कुरा गरेरमात्र हुँदैन, काम गरेर देखाउन सक्नुपर्छ । उहाँले काम गरेर देखाउन सक्नुभएकै छैन ।
समृद्धीको यात्रामा अघि बढ्दै रत्ननगरको सम्भावना खोज्दै, रत्ननगरको परिचयलाई बदल्ने निर्वाचनको रुपमा लिएको प्रतिबद्धतामा नारायण वन चुकेका छन् । मैले वनसँगको पराजयलाई स्वीकार गरेर रत्ननगरको विकासमा बिना स्वार्थ सहयोग गर्ने बताएको थिएँ । वनले रत्ननगरको सम्भावना खोज्दै समाज रुपान्तरण र विकासमा कुनै सहयोग मसँग माग्नु पनि भएन । जसको परिणाम स्वरुप रत्ननगरको मुहार र पहिचान फेरिन सकेको छैन ।
करिब ५ वर्षअघि निर्वाचित मेयर वनले भोलिका सन्ततीलाई कस्तो नगरपालिका हस्तान्तरण गदैँछन् ? पाँच वर्षको अवधिमा रत्ननगरको मुहार पनि फेरिएन र दीर्घकालीन निर्णय पनि हुन पाएन । जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् ।
वन मेयरमा निर्वाचित हुनु अघि नै सौराहामा हात्ती दौड, फुड फेस्टिबल हुन्थ्यो । नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा रहेको सौराहा पहिले नै थियो । पर्यटकीय क्षेत्रमा केही नयाँ नौलो काम भएन । बाटो बन्ने कुरा, अस्पताल बन्नेकुरा, जनसंख्याको वृद्धिसँगै यो स्वभाविक हो । अरु कुरा के भयो भनेर हेरियो भने टाँडी बजारको आकाशे पुल र सौराहा चोकभित्रको व्यवस्थित नभएको बसपार्क योबाहेक अरु देखाउने काम छैन ।
उहाँ सामाजिक कार्यकर्ता हो । उहाँलाई समर्थन गर्नु मेरो धर्म हो । म नारायण दाईलाई प्रोत्साहान गर्छु । उहाँलाई धेरै गुनासो गर्न मिल्दैन । उहाँलाई पार्टीभित्रबाट असयोग पनि भयो होला । घेराबन्दीमा पनि पर्नु भयो होला । काम गर्न खोज्दाखोज्दै नसक्नुभएको पनि होला । भित्री रहस्य अर्को हुन पनि सक्छ ।
पाँच वर्षअघि फोहोर व्यवस्थापनको लागि ल्यान्डफिल्ड साइट थिएन अहिले पनि छैन । रत्ननगरमा खानेपानी, अस्पताल, तरकारी बजार पहिल्यै थियो । यदी अरु काम वनले गरेका छन् भने मेरो दृष्टि नपुगेको हुन सक्छ ।
नारायण वनले रत्न बनाउने भनेको रत्ननगरमा रत्न शब्दमा भएको साढे दुई शब्दबराबर साढे दुई काम मलाई भनम् त, छँदैछैन के भन्ने ? उहाँले टोल सुधार गरे भन्नुहुन्छ । पिच रोड बनाए भन्नु हुन्छ । यो त रत्नको काम होइन नि ? स्कुल बस हाले भन्नुहुन्छ । यो सामान्य काम हो, रत्न होइन ।
उहाँले बनाउनु भएको आकाशे पुल प्रयोगबिहीन जस्तै छ । मानिसहरु आकाशे पुलबाट बाटो काट्दैनन् । पुल अपाङमैत्री छैन । पुलको नक्सा बिगारेर बनाइएको भन्ने कुरा वडाध्यक्षले स्वीकार गरेका छन् । सौराहा चोकभित्रको बसपार्क व्यवस्थित छैन । वाटर किङ्गडमको काम पनि टेन्डरमा गयो भनिएको छ । यो त सामान्य कुरा हो । उहाँले रत्ननगरको परिचय बदल्न नसक्नुभएको घामजस्तै छर्लङ्ग छ ।
उहाँ सामाजिक कार्यकर्ता हो । उहाँलाई समर्थन गर्नु मेरो धर्म हो । म नारायण दाईलाई प्रोत्साहान गर्छु । उहाँलाई धेरै गुनासो गर्न मिल्दैन । उहाँलाई पार्टीभित्रबाट असयोग पनि भयो होला । घेराबन्दीमा पनि पर्नु भयो होला । काम गर्न खोज्दाखोज्दै नसक्नुभएको पनि होला । भित्री रहस्य अर्को हुन पनि सक्छ । त्यति साह्रो रुपमा म उहाँको आलोचना पनि गर्दिन । काम गर्न सक्नुभएन । अब आउने जनप्रतिनिधिले धेरै काम गरेर देखाउन सक्नुपर्छ । रत्ननगरलाई रत्नजस्तै चम्किलो बनाउनुपर्छ ।