चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा फेरि पनि केन्द्रले रेनुलाई समर्थन गर्न भन्यो भने चितवन कांग्रेसले सहयोग नगर्ने बताएका छन् । उनले भने, ‘फेरि पनि रेनु दाहाललाई भोट हाल्नु पर्ने भयो भने चितवनका जनताले भोट हाल्दैनन् ।’
उनले काठमाडौँमा पत्रकारसँगको कुराकानीमा आफूहरुले नेकपा माओवादीलाई भोट नदिने बताएका हुन् । १० वर्षसम्म रुखमा भोट हाल्न नपाएका र यस्तै अवस्था आइरहेको खण्डमा चितवनमा कांग्रेस छिन्न भिन्न हुने खतरा रहेको उनको भनाइ छ ।
भरतपुरका कांग्रेसले ७४ को स्थानीय चुनाव र त्यस लगत्तैको संसदीय चुनावमा रुखमा भोट हाल्न पाएका छैनन् । विगतका दुई वटा चुनावमा माओवादीलाई समर्थन गरेकाले अब माओवादीले कांग्रेसलाई समर्थन गर्नु पर्ने उनको भनाइ छ।