चितवन । भरतपुर १३ मा नेकपा माओवादी केन्द्र निकट रहेको दुई संगठनको कमिटी गठन भएको छ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को कमिटी बनेको छ ।
भरतपुर १३ को माओवादी केन्द्रका अध्यक्ष सुदिप सुवेदिको अध्यक्षतामा आयोजित भेलामा प्रमुख अतिथिमा वागमति प्रदेशमन्त्री श्रम तथा रोजगार मन्त्री घनश्याम दाहाल ‘अविनाश’, विशिष्ट अतिथिमा पार्टीका केद्रिय सदस्य यमबहादुर परियार, जिसस सचिव द्रोण शिवाकोटी, प्रदेश कमिटी सदस्य तथा क्षेत्र न ३ ‘ख’ इन्चार्ज गोपाल न्यौपाने उपस्थिति रहेको थियो ।
कमिटीको अध्यक्षमा लक्ष्मी अधिकारी, उपाध्यक्षमा तारादेवी गैरे, सिलिका ढुङ्गाना, रन्जु ज.क, सचिवमा मुना अर्याल, सहसचिवमा सरिता रिमाल, सीता दवाडी, कोषाध्यक्षमा नैनकला ओझा रहेका छन् । यस्तै नेपाल दलित मुक्ती मोर्चाको पनि कमिटी गठन भएको छ ।
कमिटीको अध्यक्षमा कल्पना सुनार, उपाध्यक्षमा सन्तबहादुर विक, सचिवमा वविता नेपाली, सहसचिवमा रविना नेपाली र कोषाध्यक्षमा सरस्वती विक रहेका छन् ।