चितवन । उमेरले ९७ वर्ष टेकिन् उनी । कपाल सेतै फुलेको छ । उनको नाम लालमति लामा हो, उनी यो उमेरमा पनि नेकपा एमाले प्रवेश गरेकी छन् । उनी आफूमात्र होइन, अरुलाई समेत एमालेमा प्रवेश गराइन् । प्रवेश कार्यक्रममा भनिन्, ‘बुढेसकालमा पाल्ने पार्टी एमाले हो ।’ कार्यक्रममा उनले वृद्दवृद्दा हेरचाह गर्ने पार्टी एमाले भएकाले अब बाँकी जीवन एमालेलाई समर्पित गर्ने बताइन् ।
चितवनको सबैभन्दा बढी मतदाता भएको भरतपुर महानगरपालिका ११ को लामा टोल निवासी हुन् उनी । शनिबार उनीसहित एक सय जना एमालेमा प्रवेश गरेका छन् ।
भरतपुर महानगरपालिका ११ मा गत चैत्र ७ गतेवाट सुरु गरेको घरदैलो अभियानको शनिबार समापन गरिएको छ ।
नेकपा एमाले वागमती प्रदेश सचिव विजय सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सांसद कृष्णभक्त पोख्रेल, प्रदेश सचिवालय सदस्य तेजेन्द्र खड्का, पुरुषोत्तम न्यौपाने, शारदा कुमाल, जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, वडा अध्यक्ष वावुराम अधिकारी लगायतले पार्टी प्रवेश गराएका थिए ।