चितवन। चितवनमा राजनीति सरगर्मी बढ्दो छ । मध्यभागमा अवस्थित चितवन विभिन्न कारणले राजनीतिक सरगर्मी बढेको हो । भौगोलिक हिसावले जति महत्वपूर्ण र केन्द्रमा छ अन्य हिसावले पनि निकै महत्वपूर्ण जिल्लाको रुपमा चितवन छ । भौगोलिक रुपमा भित्री मधेशका रुपमा चित्रित गरिए पनि चितवनको विशेषता मुख्यतः पहाडी जिल्लाकै रुपमा स्थापित छ । चितवनको बस्तीलाई देशभरकै साझा फूलबारीका रुपमा लिन सकिन्छ ।
राजधानी काठमाडौंपछि ७७ जिल्लाकै बासिन्दाको जमघट र बसोबास भएकोले पनि चितवनमा सिंगो देश देखिन्छ । विभिन्न समयका राजनीतिक परिवर्तनमा चितवनको महत्वपूर्ण र अग्रणी भूमिका रहेको छ । पञ्चायत बिरुद्धको आन्दोलनदेखि नै चितवनका व्यक्तिहरु प्रत्येक राजनीतिक परिवर्तनका अगुवा र साक्षी बनेका छन् । त्यसैले होला प्रत्येक निर्वाचनमा चितवनलाई विशेष रुपले हेर्ने गरिएको छ । अझ गत स्थानीय र संघीय निर्बाचनदेखि त चितवन सिंगो राजनीतिको केन्द्र नै बनेको देखिन्छ । यसपटक पनि स्थानीय तहको निर्वाचन नजिकिएसँगै चितवनमा चुनावी महोल तातेको छ । तीनवटा संघीय र छवटा प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा रहेका सातवटा पालिकाहरुमध्ये एक महानगर पाँच नगरपालिका र एक वटा गाउँपालिका छन्।
भरतपुुर महानगर समेत रहेको चितवनमा, रत्ननगर, खैरहनी, माडी, कालिका र राप्ती जिल्लाभित्र रहेका नगरापलिकाहरु हुन् भने इच्छाकामना एक मात्र गाउँपालिका हो । गत निर्वाचनमा नेकपा (माओवादी केन्द) ले भरतपुर महानगरमा र माडी नगरपालिकामा मेयर जितेको थियो । त्यस्तै उपमेयरमा भरतपुरमा नेपाली कांग्रेसले जितेको थियो, भने माडीको उपमेयरमा एमाले विजयी भएको थियो । भरतपुर महानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्र बिच गठबन्धन भएको थियो ।
जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले जितेको थियो । त्यस्तै, बाकीँ चार नगरपालिका खैरहनी, रत्ननगर, राप्ती र कालिकामा एमालेले मेयर र उपमेयर दुवैमा जित हात पारेको थियो ।
चासोको रुपमा रहेको भरतपुर महानगरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले २९ वटा वडामध्ये १४ वटा, नेपाली कांग्रसले १२ वटा सहित उपमेयर र माओवादीले ३ वडासहित मेयर आफ्नो पोल्टामा पारेको थियो । जिल्लामा पाँच वर्षको दौरानामा राजनीतिक र जनसंख्यामा समेत धेरै परिवर्तन आइसकेको छ । पार्टीहरु विभाजन र एकीकृत भएको अवस्थासमेत छ।
धेरैको चासो अब यसपालिको निर्वाचनमा चितवनको माडीप्रति देखिन्छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रामको जन्मभूमि र राममन्दिरको कुरा गरेपछि एकाएक चर्चामा आएको चितवनको माडी नगरपालिका २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार ठाकुरप्रसाद ढकाल विजयी हुदैँ मेयर बनेका थिए । त्यस्तै उपमेयरमा एमालेकी ताराकाजी महत्तो विजयी भएकी थिइन् । नेकपा फुट पश्चात् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको गृह जिल्ला समेत रहेको चितवनमा एमाले अध्यक्ष ओलीले आफनो प्रभाव जमाउन सक्दोँ प्रयास गरिरहदाँ । बिना गठबन्धन आफनै बलबुतामा मेयर जितेको माओवादीले आफ्नो शाख जोगाउला वा कांग्रेस र एमालेले सत्ताको बागडोर खोस्ला ?
नेकपा एमालेले यसअघिको स्थानिय निर्वाचनमा पूर्वी चितवनको चार नगरपालिकामै मेयर जित्दै चितवनमा सर्वाधिक पालिकामा विजयी भई ठूलो पार्टी बन्यो । खैरहनी, रत्ननगर, कालिका र राप्तीमा विजयी हासिल गर्दै एमालेले अरु पार्टीलाई प्रमुख पदमा निल बनायो ।
रत्ननगरमा एमालेका वन १४ हजार ६७७ मत ल्याएर नगरप्रमुखमा विजयी भए । खैरहनी नगरप्रमुखमा पनि एमालेकै लालमणि चौधरीले १० हजार ७१७ मत ल्याएर विजयी भए ।राप्ती नगरप्रमुखमा एमालेकी प्रभा बरालले ११ हजार ६१३ मत ल्याएर विजयी भइन् ।कालिका नगरप्रमुखमा एमालेकै खुमनारायण श्रेष्ठले सात हजार ४९२ मत ल्याएर विजयी भए ।
धेरैको चासो अब यसपालिको निर्वाचनमा चितवनको माडीप्रति देखिन्छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले रामको जन्मभूमि र राममन्दिरको कुरा गरेपछि एकाएक चर्चामा आएको चितवनको माडी नगरपालिका २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार ठाकुरप्रसाद ढकाल विजयी हुदैँ मेयर बनेका थिए ।
यो सँगै जिल्ला भरिबाट सात स्थानीय तहमा दलित तथा अल्पसंख्यकसमेत गरी ५२१ जनप्रतिनिधि निर्वाचित भएका थिए । जसमध्ये एमालेको ३०९, कांग्रेसको १७८ र माओवादीको ३३ जना जनप्रतिनिधि छन् । सात पालिकाका ९८ वटा वडामध्ये ५७ वडामा एमाले, ३५ वडामा कांग्रेस र ६ वडामा माओवादीले जितेको थियो ।
पूर्वी चितवन एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र राम बहादुर थापा बादलको प्रभाव क्षेत्र मानिन्छ । त्यस्तै, भरतपुर र पश्चिम चितवन नेकपा ९माओवादी केन्द०्रका अध्यक्ष प्रचण्डको । जिल्लाको अन्य पालिकामा भन्दा पूर्वी चितवनका चार पलिकामा एमालेको प्रभाव निकै राम्रो छ । पूर्वी चितवनमा मात्र नभई जिल्ला भर राम्रो प्रभाव भएको एमालेलाई घुँडा टेकाउन चितवनमा गठबन्धन बाहेक अर्को विकल्प नहुन सक्छ । त्यसकारण पनि हालको गठबन्धन सरकारले चितवनमा पनि गठबन्धन गर्न निकै जोड्बल गरेको हुन सक्छ ।
कांग्रेससहितको गठबन्धनको घेराबन्दीले यसपटक एमालेलाई चितवनमा स्थानीय सत्ताबाट च्यूत गर्ला ? वा फेरि एमालेले आफनो स्थानीय सत्ताको रक्षा गर्ला ? यिनै प्रश्नका सेरोफेरोमा घुमिरहेको राजनितिले गर्दा चितवन तातेकै छ ।