चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भूमिहीनलाई भूमिपति बनाउने प्रतिबद्धता गरेकी छन् । भरतपुर महानगरपालिकाको वडा नं २९ को गाउँ ब्लकमा रहेका भूमिविहीनहरुलाई लालपुर्जा वितरण कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भूमिहीनलाई भूमिपति बनाउने बताइन् ।
उनले भनिन्, ‘लालपुर्जा वितरण गर्न सुरु भएको छ, यसलाई हामीले निरन्तरता दिन्छौँ ।’ सुकुमबासीहरु कहिले लालपुर्जा पाउने हो भनेर सुन्दासुन्दै वाक्क भइसेकका छन्, अब पुर्जा वितरणमा जोड दिएर अघि बढेका छौँ ।’ उनले भरतपुर २९ लाई गहनाको वडा भएको बताउँदै भोलिको दिनमा पर्यटकीय गन्तव्य बनाउने बताए । जल जमिन र जंगलले ढाकिएको पहाडी वडा भएको कारणले भरतपुर महानगरको यो गहना वडा हो । उनले भनिन्, ‘यो पहाडी वडा भएका कारण टाढाटाढाबाट विद्यार्थी पढ्न आइरहेका छन्, त्यसकारण पनि महानगरले विद्यालयलाई बस उपलब्ध गराएको छ ।’
निस्सा वितरणपछि जग्गा नापजाँचको काम भइरहेको उनको भनाइ छ । जग्ग्गा धनीपुर्जा हातहात दिन पाउँदा आफू अत्यन्तै खुसी भएको महानगर प्रमुख दाहालले बताइन् । पुर्जा वितरणको काम भरतपुर महानगर २९ नम्बर वडाबाट भएको उनको भनाइ छ । विकास र समृद्धिको यात्रामा भरतपुर महानगर लागिरहेको उनले बताइन् । उनले भनिन्, ‘सबै वडामा सबै काम हुन सकेको छैन, २९ नम्बर वडाबाट निरन्तरता हो । यसलाई मुख्य गरी भरतपुर महानगरले विशेष जोड र ध्यान गएको छ ।