चितवन । बाघमारा मध्यवर्ती सामुदायिक वनले वन्यजन्तुबाट भएको बालीनाली क्षतिको राहतस्वरुप किसानलाई क्षतिपूर्ति रकम वितरण गरिएको छ। किसानहरुलाई बालीनाली क्षतिको राहत प्रदान गर्न रत्ननगर नगरपालिका वडा नं ७ ले रकम उपलब्ध गराएको हो।
चितवन राष्ट्रिय निकुञ्ज नजीक रहेको सेवा क्षेत्रभित्रका ३७ जना किसानलाई क्षतिपूर्ति रकम प्रदान गरेको हो।
किसानहरुले एक हजार ५०० देखि ७ हजार रुपैयाँसम्म क्षतिपूर्ति रकम पाएका छन्। मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यक्रमअन्तर्गत सो सामुदायिक वनले उपभोक्ता किसानहरुलाई बालीनाली क्षतिको पूर्ण राहत दिँदै आएको छ।