चितवन । भरतपुर महानगरपालिकामा संघीय लोकतान्त्रिक गणतन्त्रपछि आएका जनप्रतिनिधिहरुले उल्लेखनीय रुपमा विकास गरेको पाइएको छ । देशका अन्य छ वटा महानगरपालिकाको तुलनामा भरतपुर महानगरमा विकासे कामहरु बढी भएको पाइएको छ । महानगर प्रमुख रेनु दाहालको नेतृत्वले गरेको कामको फेहरिस्त पस्कँदा मुख्य गरी ३५ वटा कामलाई बिर्सन सकिदैन ।
३५ कामभित्र मुख्य गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटीहल निर्माण, रिङरोड, पुल्चोक गोन्दाङ ६ लेन सडक पर्छन् । महानगर प्रमुख रेनु दाहालले भरतपुर अस्पतालमा महिलालाई ओपिडि टिकट निःशुल्क गर्ने पहिलो निर्णय गरेर समृद्ध भरतपुर महानगर बनाउन जुन भूमिका खेलिन् यो सवत्र्र प्रशंसाको विषय बनेको छ ।
यो अवधिमा महानगरमा ६ सय १० किलोमिटर सडक कालोपत्रे र ४ सय ५० किलोमिटर सडक ग्राभेल भएको छ । शिक्षा, स्वास्थ्य, सुशासन आन्तरिक आय लगायत हरेक क्षेत्रमा उल्लेखनीय प्रगति भएका छन् । “मध्य नेपालको सुन्दर सहर समृद्ध र सुसंस्कृत भरतपुर महानगर” भन्ने अवधारणा एवं दीर्घकालीन सोचका साथ महानगरको विकास र जनताको सेवामा निरन्तर अघि बढ्ने क्रममा हामीले हालसम्म १० वटा नगरसभा सम्पन्न गरिसकेका छौं ।
भरतपुर महानगरमा कति सम्पन्न, कति निर्माणाधीन रहेको ३५ काम
१) महानगरको विकास एवं समृद्धिको मूल आधारका रूपमा रहेको सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखी कार्य अघि बढाइएको र परिणामस्वरुप करिब ५ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा ग्राभेल गरिएको छ ।
२) संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ किमीको महानगरीय रिङरोड रु ८ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन तयार भई सघन शहरी विकासबाट १० किमि, प्रदेश सरकारबाट ८.५५ किमि सडक विभागबाट १२ किमि र महानगरबाट १० किमि गरी जम्मा ४०.५५ किमि रिङ्गरोड निर्माणाधीन अवस्थामा रहेको र बाँकी ४८.०६५ किमि निर्माणको लागि स्रोत सुनिश्चितता भएको छ। साथै ५२ किमी लिंक रोडको काम निर्माणाधीन अवस्थामा रहेको छ ।
३) पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्र्याक निर्माणको लागि रु १ अर्ब ९८ करोड ७३ लाखको लागतमा कार्य प्रारम्भ हुनुका साथै ४ लेन बाइपास सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढिरहेको छ । यसैगरी हुलाकी सडकको १९ किमि विस्तार एवं स्तरोन्नति र भरतपुर– मेघौली– गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमि सडक निर्माणाधीन अवस्थामा रहेको छ ।
४) भरतपुर महानगरपालिका वडा नम्बर ३ मा सार्वजनिक निजी साझेदारी (एएए) मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौता भई कार्य प्रारम्भ भएको छ । साथै भरतपुर महानगरपालिका, विरोक एन्ड कम्पनी र स्थानीय सरकार सवलीकरणको संयुक्त प्रयासमा पालिकास्तरमा सार्वजनिक–निजी परियोजना कार्यान्वयनका लागि परियोजना विकास निर्देशिका तयार पारी २०७८ मंसिर १६ गते सार्वजनिक गरिएको छ ।
५) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलनहरू गर्न र यसमार्फत् पर्यटकीय आर्थिक गतिवधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्य अनुरुप महानगरपालिकाको पहल एवं शहरी विकास मन्त्रालयबाट रु १ अर्व ८५ करोडको लागतमा सिटी हल कार्य द्रुत गतिमा अघि बढेको छ।
६) महानगरमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी विपद्जन्य जोखिमहरूको तत्काल सम्बोधन र व्यवस्थापन गर्न सक्ने गरी महानगरपालिकाको वडा तहसम्म क्षमता विस्तार गर्ने लक्ष्य राखिएको छ । साथै वडा नं २८ मा आपतकालीन आश्रय स्थल निर्माण गरी प्रयोगमा ल्याइएको छ।
७) नारायणी नदीको डुवान, कटान नियन्त्रणको लागि तटबन्धन गर्न संघीय सरकारबाट ४ अर्बको बजेट सुनिश्चित भएको छ। यो भरतपुरको गौरवको आयोजना छिट्टै ठेक्का प्रक्रियामा जानेछ ।
८) शारदानगर, जखडिमाई दिव्यनगर पार्वतीपुर मेघौली र धनगढा खानेपानी लगायतका परियोजनाले गर्दा महानगरवासीको स्वच्छ खानेपानीमा पहुँच विस्तार भएको छ ।
पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियालीसहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्र्याक निर्माणको लागि रु १ अर्ब ९८ करोड ७३ लाखको लागतमा कार्य प्रारम्भ हुनुका साथै ४ लेन बाइपास सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढिरहेको छ । यसैगरी हुलाकी सडकको १९ किमि विस्तार एवं स्तरोन्नति र भरतपुर– मेघौली– गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमि सडक निर्माणाधीन अवस्थामा रहेको छ ।
९) भरतपुर महानगरपालिका वडा ३ स्थित नगरवनको सानो मजुवामा करिव रु १ अर्व ३५ करोडको लागत अनुमान रहेको अटोल्याण्ड निर्माणका लागि तयार भई वातावरणीय प्रभाव मूल्याङ्कनको चरणमा छ । यसको निर्माणको स्रोतको सुनिश्चितताका लागि पहल भइरहरेको छ भने महानगरपालिका वडा नं २१ र वडा नं २० मा लघु औद्योगिक ग्राम निर्माणको कार्य अगाडि बढेको छ । यसै अवधिमा भरतपुर प्रदर्शनी केन्द्र सञ्चालनमा आएको छ।
१०) नारायणी नदी किनारलाई सिबिच मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने प्रयोजनको लागि गुरुयोजना अनुसार रु २९ करोड लागतमध्ये महानगरपालिकाले रु ९७ लाखको लगानीमा १ किलोमिटर वाकिङ्ग ट्रेल निर्माण कार्य सम्पन्न गरेको छ । बाँकी अन्य कामको लागि पर्यटन विभागबाट रु ७ करोडको टेन्डर भई शिलान्याश समेत भइसकेको छ ।
११) भरतपुर अस्पतालमा रु ५ करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर निर्माण भई हस्तान्तरण हुनुको साथै भरतपुर १४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्स–रे सेवासहित १५ शैय्या र शारदानगर स्वास्थ्य चौकीमा १५ शैया क्षमताको कोभिड अस्पताल स्थापना गरी सञ्चालन गरिएकोमा सोको क्षमता विस्तार गरी नगरस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ।
१२) वडा नं ६ मा लक्ष्मीनारायण मन्दिर सहितको मनोरम पार्क, वडा नं १९ मा पहुँच मार्गसहितको रानीपोखरी पार्क निर्माण सम्पन्न हुने चरणमा रहेका छन्।
१३) भरतपुर विमानस्थलको विस्तार तथा स्तरोन्नतिको काम अगाडि बढिरहेको छ भने भरतपुर महानगरपालिकाको प्रशासनिक भवन प्रदेश र संघ सरकारसँगको साझेदारीमा निर्माणका लागि बजेट सुनिश्चिताको प्रक्रिया अन्तिम चरणमा रहेको छ ।
१४) भरतपुर अस्पतालमा महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई निःशुल्क ओपिडी टिकटको व्यवस्था, अस्पतालमा सुत्केरी हुने महिलाका लागि दुरीका आधारमा बढीमा रु २ हजार पाउने गरी एम्बुलेन्स ÷ यातायात खर्च प्रदान, गर्भवतीका लागि निशुल्क झुल तथा क्याल्सियम सप्लिमेन्टेसन, पूर्ण खोप सुनिश्चित महानगर घोषणा, ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य संस्था सञ्चालन लगायतका कार्यक्रमहरू चलेको छ ।
१५) वडा नं ७, ८, २१, २३, २६ लगायतका वडामा महानगरको सहयोगमा ज्येष्ठ नागरिक भवन निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।
१६) देशकै गौरवको परियोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रशाला निर्माणमा देखिएको आर्थिक स्रोतको समस्या समाधान गरी यथाशक्य छिटो निर्माण सम्पन्न गर्न भरतपुर महानगर अघि बढेको छ ।
१७) भरतपुर महानगरपालिका वडा नं १५ मा १०० वेडको आयुर्वेद अस्पताल स्थापनाका लागि आवश्यक जग्गाको व्यवस्थापन गरी अस्पताल निर्माणको लागि प्रदेश सरकारसँग समन्वय गरिएको छ भने देशभरिका शिक्षकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिन लागेको देशकै पहिलो ३०० शैयाको शिक्षक अस्पताल यसै महानगरपालिकाभित्र स्थापना हुने भएको छ ।
१८) भरतपुर महानगरपालिकामा हाल ४० वटा स्वास्थ्य संस्था स्थापना गरी सेवा प्रवाह गरिएको छ । जसमध्ये ५ वटा भवन निर्माण सम्पन्न तथा १० वटा भवन निर्माणाधीन अवस्थामा छन् । यसबाट स्वास्थ्य सेवामा जनताको सहज पहुँच स्थापित भएको छ ।
१९) दूधको उत्पादन वृद्धि गरी गरिबी न्यूनीकरणमा टेवा पुयाउने उद्देश्यले साविकमा दूग्ध उत्पादक किसानलाई लक्षित गरी प्रति लिटर दूधमा प्रदान गरिएको प्रति लिटर रू १ अनुदानलाई वृद्धि गरी प्रतिलिटर रू ३ पुयाइएको छ भने महानगर दूध, मासु र मत्स्य उत्पादनमा आत्मनिर्भर भएको छ ।
२०) पशु विकासको क्षेत्रमा विगतका कार्यक्रमहरूलाई निरन्तरता दिँदै “एक बड़ा एक पशु सेवा प्राविधिक को व्यवस्था, अत्याधुनिक सुविधा र प्रविधियुक्त पशु बधशाला, गौशालाको निर्माण, भेटेरीनरी एम्बुलेन्सको व्यवस्था र शाखा एवम् सेवाकेन्द्रहरूलाई यन्त्र उपकरण सहितको भौतिक पूर्वाधारयुक्त बनाउन संघ तथा प्रदेश सरकारसँग साझेदारी गरिएको छ ।
२१) कृषि उपजको उत्पादन तथा उत्पादकत्व वृद्धिमा अहम् भूमिका रहने सिंचाई क्षेत्रको विकास तथा प्रवर्द्धनमा महानगरले विशेष महत्व दिएको छ । विगत ४ वर्षको अवधिमा ३५० वटा साना सिंचाइ र २१ वटा मझौला सिंचाई आयोजना सम्पन्न गरी ४५५ विघा क्षेत्रफलमा बाह्रै महिना सिंचाईको सुनिश्चितता गरिएको छ ।
२२) कृषिको आधुनिकीकरणका लागि कृषि यान्त्रीकरणको आवश्यकता महसुस गरी महानगरले कृषि यान्त्रीकरणमा उल्लेख्य लगानी गरेको छ । विगत वर्षमा कृषि सहकारीहरूलाई ६ वटा ट्याक्टर, ४ वटा बीउ प्रशोधन मेसिन, १ वटा धान रोप्ने मेसिन र १ वटा कम्बाइन हारवेस्टर वितरणबाट कृषिको आधुनिकीकरणमा टेवा पुग्नुका साथै यसले कृषि उत्पादनको लागत घटाउन सकरात्मक भूमिका खेलेको छ। यी कार्यक्रमहरूलाई यस वर्ष पनि निरन्तरता दिई मूल्यांकनको चरणमा रहेको छ ।
२३) फोहोर मैलाको दिगो एवं वैज्ञानिक व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा बनेको छ । रु १ अर्व २५ करोड लागत अनुमान हुने गरी यही पौष मसान्तभित्र न्तयन् सम्झौतामार्फत् वैज्ञानिक फोहोर व्यवस्थापनको कार्य अगाडि बढाउने गरी कार्य भइरहेको छ ।
२४) महानगरपालिकाभित्र दर्जनौं पार्क, खुल्ला जिमखाना, हरियाली प्रवर्द्धन लगायतका वातावरण संरक्षण र शहरी सौन्दर्यीकरणको काम सघन रुपमा अघि बढेको छ ।
२५) महानगरपालिकाभित्र निर्माण हुने भवनहरूको नक्शा पास तथा राजश्व प्रणालीलाई अनलाइन पद्धतिमा रुपान्तरण गरी डिजिटल शासनको मार्गमा महानगरपालिका अघि बढेको जानकारी गराउन चाहन्छु ।
२६) नेपाल विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा उज्यालो भरतपुर कार्यक्रम अन्तर्गत स्मार्ट सडक बत्ती योजना तथा १९ किमि भूमिगत विद्युत् लाइन विस्तारको कार्य अघि बढेको छ भने ७८ किमि सडकमा स्मार्ट स्ट्रिट लाइट जडानको काम सुरु भएको छ भने दोश्रो चरणमा भरतपुरका अन्य सडकहरूमा स्मार्ट स्ट्रिट लाइट जडानको कार्य सुरु भएको छ ।
२७) पाँच वर्षको अवधिमा १५ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ। साथै ६ वटा वडा कार्यालयको तला थप गरिएको छ भने बाँकी सबै वडा कार्यालयहरूको मर्मत र स्तरोन्नति गरी सेवा प्रवाहलाई प्रभावकारी तथा प्रविधियुक्त बनाई विद्युतीय शासनको मार्गमा अघि बढेको छ । महानगरको सेवालाई डिजिटल प्रविधिमा आधारित वनाउनका लागि अफिस अटोमेसनको कार्य प्रारम्भ भएको छ ।
नेपाल विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा उज्यालो भरतपुर कार्यक्रम अन्तर्गत स्मार्ट सडक बत्ती योजना तथा १९ किमि भूमिगत विद्युत् लाइन विस्तारको कार्य अघि बढेको छ भने ७८ किमि सडकमा स्मार्ट स्ट्रिट लाइट जडानको काम सुरु भएको छ भने दोश्रो चरणमा भरतपुरका अन्य सडकहरूमा स्मार्ट स्ट्रिट लाइट जडानको कार्य सुरु भएको छ ।
२८) महानगरपलिकाले अम्ब्रेला स्ट्रिटको व्यवस्थापन गर्दै आएको र उक्त स्थानमा भ्यू टावर निर्माण मार्फत आन्तरिक आय वृद्धि गर्ने योजना राखिएको छ। साथै चौकी डाँडामा भ्यू टावर निर्माणको काम सुरु भएको छ । साथै महानगरको पर्यटन प्रवर्धनका लागि भरतपुर–पोखरा–लुम्बिनी गोल्डेन ट्र्याङ्गल टुरिजम् सर्किटको अवधारणालाई अगाडि बढाइएको छ । साथै भरतपुर क्षेत्रको पर्यटन प्रवर्धन र विकास गर्न निजी क्षेत्रको समेत सहकार्यमा पर्यटकीय गन्तव्य पहिचान गरी ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरिएको छ । यसैगरी महानगरले हासिल गरेका राम्रा अभ्यासहरूको डकुमेन्ट्री निर्माण गरी नेपाल टेलिभिजनबाट प्रशारणको तयारी भएको छ ।
२९) देवघाटमा रु ९ करोड ९० लाख रुपैयाँको लागतमा अत्याधुनिक शवदाहगृह निर्माणाधीन रहेको छ ।
३०) महानगरपालिकाले यातायात सेवा विकास र विस्तारलाई प्राथमिकतामा राखेको छ। प्रदेश सरकारको सहकार्यमा यातायात कार्यालय स्थापना गरी सबै प्रकारका सवारी साधनको दर्ता तथा सवारी चालक लाइसेन्स प्रदान गर्ने गरी प्रकृया अघि बढाइएको छ । यसबाट महानगरपालिकाको आम्दानीमा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ। साथै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न चार्जिङ्ग स्टेसन निर्माणको कार्य पनि अघि बढेको छ ।
३१) २ वर्ष अघि २०७६ कार्तिक ९ गते मानव सेवा आश्रमसँगको सहकार्य तथा सामाजिक संघ संस्थाहरूसँगको समन्वयमा भरतपुर महानगरलाई पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरी कार्यान्वयन भएको सर्वविदितै छ । यसै वर्ष मानव सेवा आश्रमको भवन निर्माणका लागि थप बजेट उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइएको छ । जुन कुराले हामी सबैलाई गर्वको अनुभूति भएको छ ।
३२) महानगरभित्र सार्वजनिक जग्गाको संरक्षण गर्ने उद्देश्यले विगत ४ वर्षको अवधिमा भरतपुर महानगरपालिका क्षेत्रभित्रको अतिक्रमित १०६ विगाहा सार्वजनिक जमिन पहिचान भएको छ। छिट्टै उक्त जग्गाको डिजिटल अभिलेख तयार पारी सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
३३) भरतपुर महानगरपालिकाको स्मार्ट सिटी गुरुयोजनाको अन्तिम प्रतिवेदन प्राप्त भएको छ । सोको श्रोत सुनिश्चितता पश्चात् निर्माण कार्य अघि बढ्ने जानकारी गराउन चाहन्छु । साथै महानगरीय यातायात गुरुयोजना तयारीको कार्यको लागि परामर्शदाता नियुक्तको लागि छनौट प्रक्रिया अन्तिम चरणमा रहेको छ।
३४) शिक्षा क्षेत्रमा विगत ४ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले अनुकरणीय अभ्यासको थालनी गरेको छ । सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनको महत्त्वपूर्ण कार्य सम्पन्न भएको छ । यस अवधिमा सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्यामा करिब ६ हजार वृद्धि भएको छ भने आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि २०७५ मा ५६।४७५ रहेकोमा शैक्षिक सत्र २०७७ मा ५।५३५ ले वृद्धि भई ६२५ पुगेको छ । सामुदायिक विद्यालयको शैक्षिक उल्लेख्य प्रगति भएको छ । कुल साक्षरता दर गुणस्तरमा ९८।५५ रहेको छ। नमुना विद्यालयहरू स्थापना भएका छन् ।
३५) शिक्षकको प्रविधि उपयोगको क्षमता विकास गर्न तालिम सञ्चालन गर्नुका साथै सबै आधारभूत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गरी शिक्षासँग सिकाइ जोडिएको छ । विषय समिति मार्फत् शिक्षकको पेसागत दक्षता विकासका कार्य अगाडि बढाइएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकासको कार्य कार्यान्वयनमा ल्याइएको छ । संस्थागत विद्यालयहरूको साझेदारीमा कक्षा ११ का २३९ जना विद्यार्थीहरूलाई मेरिट बेसमा विभिन्न संस्थागत विद्यालयमा पूर्ण छात्रवृत्ति प्रदान गरी नेपालकै उदाहरणीय कार्यको थालनी गरिएको छ ।
विद्यालयलाई लैङ्गिक हिंसारहित बनाउन सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक जना महिला शिक्षकलाई लैङ्गिक सम्पर्क शिक्षक तोकी २२० जना महिला शिक्षकलाई लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा अभिमुखीकरण सम्पन्न गरिएको छ। युवा परिचालन मार्फत् सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीको न्यूनतालाई परिपूर्ति गरी गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न चालु आर्थिक वर्षमा महानगरको आन्तरिक स्रोतबाट रु ६५ लाख विनियोजन गरी शिक्षण सहयोग अनुदानमा ३० जना युवा स्वयंसेवक शिक्षक परिचालन थालनी गरिएको छ। भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी अटिजम भएका बालबालिकाको शिक्षामा पहुँचको सुनिश्चितता गरिएको छ ।