चितवन।टिकटकमा अभिनय गर्नका लागि पनि होलीको रङ्गमा रमाउने युवाहरुको जमात ठूलो छ । पछिल्लो समय युवापुस्ता टिकटक बनाउनकै लागि होली खेलेको पाइएको छ । फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा होली पर्व धुमधामले खेलेको देखिन्छ ।
अहिले मानिसको होली खेल्ने शैली होलीका रङ्ग जसरी परिवर्तन भइरहेको छ । कोरोनाको असर र त्रास अझै आम मानिसबीच भएर होला होली खेल्न केही वर्ष अघिजस्तो ठूलो जमात देखिदैन। टिकटक बनाउनको लागि एकछिन खेल्ने युवा पुस्ता बढी छन् ।
रत्ननगर ९ की आरजु चापागाईं टिकटक बनाउनको लागि होली पर्व खेलेको बताइन् । उनले भनिन्, ‘होली खेल्दै टिकटक बनाउन राम्रो लाग्यो, अनुहारभरि रंग दलेर नाच्दाको अभियन टिकटकमा राख्नकै लागि केहीबेर होली पर्व पनि मनाइयो । उनका अनुसार अहिलेका युवा पुस्ता टिकटकमा मस्त छन्, जुनसुकै पर्व पनि टिकटकमा राख्न रुचाउँछन् ।
रत्ननगर ९ की आरजु चापागाईं टिकटक बनाउनको लागि होली पर्व खेलेको बताइन् । उनले भनिन्, ‘होली खेल्दै टिकटक बनाउन राम्रो लाग्यो, अनुहारभरि रंग दलेर नाच्दाको अभियन टिकटकमा राख्नकै लागि केहीबेर होली पर्व पनि मनाइयो ।
जिल्ला प्रशासन कार्यालय चितवनले सभ्य तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ । युवापुस्ता टिकटकमै हाल्नको लागि पनि हाली पर्व मनाइरहेका उनी बताउँछिन् । होलीमा दुर्घटना र अपराध हुन नदिन र होलीलाई मर्यादित बनाउन केही वर्ष पहिले निकै उत्साह र उमङ्गले मनाउने चाड होली पछिल्लो समय टिकटकमा सीमित हुने हो कि भन्ने पिरलो पनि छ, तर पछिल्लो पुस्ता टिकटकमा व्यस्त भइरहेको छ ।
पारिवारिक परिवेशमा होली मनाउने बढेका छन् । सामाजिक सञ्जालमा होलीको रौनक निकै देखिए पनि बाहिर त्यति साह्रो देखिदैन ।
रत्ननगर ९ कै रञ्जना सुवेदी पनि टिकटक बनाउनकै लागि होली खेलेको बताउँछिन् । उनी भन्छिन्, ‘टिकटक बनाउन होली खेलेका हौँ, रंगमा अभिनय गर्दा कस्तो हुन्छ भनेर हामी त टिकटकमा मस्त छौँ ।’
यस्तै, भरतपुर ४ त्रिचोककी आकृति आचार्य पनि टिकटक बनाउन होली खेलेको बताइन् । उनले भनिन्, ‘होलीको रौनकले भन्दा पनि टिकटक बनाउन हामीले होली खेलेका हौँ, रंगिन अवस्थामा अभिनय गर्दाको आनन्द छुटै हुँदोरहेछ ।’