चितवन । नेकपा एकीकृत समाजवादी चितवनमा संगठन विस्तारमा लागेको छ । एकीकृत समाजवादीले राप्तीमा नेकपा एकीकृत समाजवादी निकट युवासंघ नेपालको नगर कमिटी सहित तीन छुट्टाछुट्टै कमिटी गठन गरेको छ।
बुधवार सम्पन्न भेलाले राप्ती रमेश स्याङतानको अध्यक्षतामा ७१ सदस्यीय युवासंघ नगर कमिटी, द्वारिका सेढाईको अध्यक्षतामा २१ सदस्यीय पिपुल्र्स भोलेन्टियर नगर कमिटी र सुदिप अधिकारीको अध्यक्षतामा २१ सदस्यीय खेलकुद समिति गठन गरिएको पार्टीका जिल्ला सचिव कुलप्रसाद लामिछानेले जानकारी दिए ।
भेलामा पार्टीका जिल्ला कमिटी अध्यक्ष डा कृष्णराज पन्त, राप्ती नगर कमिटी अध्यक्ष शमशेर लामालगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।