चितवन। चितवनमा केही दिनदेखि कोरोना परीक्षण गर्नेको संख्या घट्दै गएको छ । जिल्लाभर संक्रमणको जोखिम सँगै कोरोना परीक्षण गर्नेको संख्या पनि निरन्तर घट्दै गएको हो ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जनाको पिसिआर र १० जनाको मात्रै एन्टिजेन परीक्षण गरिएको थियो । तर, संक्रमण भने शुन्य रहेको छ । एक साता अघि जिल्लमा २०० भन्दा बढीको कोरोना परिक्षण हुने गर्थ्यो ।
त्यस्तै आज जिल्लाभर १६ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १५ जना होम आइसोलेसन र १ जना अस्पतालमा रहेका छन् । भने आज दुई जना संक्रमणमुक्त भएका छन् ।