चितवन। चितवको भरतपुर महानगरपालिकामा चालु आर्थिक वर्षको फागुन महिनामा सबैभन्दा बढी सवारी दुर्घटना भएको छ । दुर्घटनाबाट एक महिनामा ११ जनाले ज्यान गुमाएका छन् ।
जिल्लामा फागुन महिनाभरी १३ जनाले दुर्घटनाबाट ज्यान गुमाएका छन् । महानगरपालिकाको शहरी सडक खण्ड र अन्य भित्रि सडक खण्डमा मात्रै ३३ वटा सवारी दुर्घटना हुँदा ११ जनाको मृत्य भएको हो । सोही अवधिमा ४२ घाइते भएका छन् ।
यस अवधिमा दुर्घटनाबाट ज्यान गुमाउनेमध्ये दुई जना महिला र नौ जना पुरुष रहेको जिल्ला ट्राफिक कार्यालय चितवनका ट्राफिक प्रहरी प्रमुख भगवानराज थापाले जनाकारी दिए । गत महिना मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका छन् ।
सवारी दुर्घटनका मूख्य कारणमध्ये सडकमा सवारी चाप, बाटोको खराब अवस्था, मापसे, लापरबाही र तिव्र गतिमा सवारी चलाउनुले दुर्घटना बढी भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख थापाले बताए ।
त्यस्तै, यस अवधिमा नगरी क्षेत्रमा एक महिनामा ६ वटा सवारी दुर्घटना भएका छन् । थापाका अनुसार महानगरको बजारी क्षेत्रमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
जसमा सबैभन्दा दुई पाङ्ग्रे सवारी साधन र ठूला सवारीसाधनमा ट्रक, ट्यांकर, जिप र कार बढी दुर्घटना हुने गरेको थापा बताउँछन् ।