चितवन। चितवनको माडी नगरपालिका वडा नं ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयले आर्थिक वर्ष २०७८/८९ को पहिलो र दोश्रो चौमासिक अवधिमा गरेका काम, सेवा प्रवाह, विकास निर्माण तथा सार्वजनिक महत्वमा अन्य विषयहरुमा वडाबासीहरुलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाई गरेको हो । कार्यक्रमका सहभागीहरुले खोला तटबन्धन, सडक स्तरोन्नति, पुल निर्माण आदि विषयमा छलफल गरिएको थियो।
वडा अध्यक्ष पुरन महतोको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल र विशिष्ट अतिथि नगरपालिकाका योजना अधिकृत शिव सुवेदी रहेका थिए । कार्यक्रममा वडाका क्रियाशील राजनैतिक दल, संघसंस्था, शैक्षिक संस्था, टोल सुधार समिति, महिला समूह र क्लबका प्रतिनिधीहरुसंगै वडाबासीहरु सहभागी रहेका थिए ।