चितवन। सरकारले २०७९ वैशाख ३० गते सबै स्थानीय तहमा एकै चरणमा निर्वाचन सम्पन्न गर्ने निर्णय गरेसँगै चितवनमा निर्वाचनको तयारी अघि बढाइएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले मतदान स्थल र केन्द्र निर्माणको काम सुरु गरेको छ। आउँदो निर्वाचनमा चितवन जिल्लाभर ४५५ मतदान केन्द्र हुने अनुमान गरिएको कार्यालयले जनाएको छ।
स्थानीय तहको निर्वाचनको घोषणा भएसँगै केन्द्रले भरतपुर महानगरपालिकामा कम्तिमा पनि २०५ मतदान केन्द्र हुने जनाएको छ। त्यसैगरि रत्ननगर नगरपालिकामा ६१, खैरहनी नगरपालिकामा ५१, कालिका नगरपालिकामा ३७, राप्ती नगरपालिकामा ४७, माडी नगरपालिकामा ३२ र इच्छाकामना गाउँपालिकामा २२ वटा मतदान केन्द्र राखिने बताइएको छ। कार्यालयका अनुसार अहिलेनै केही टुंगो नभएको भन्दै ४७ केन्द्र थप हुन् सक्ने अनुमान गरिएको छ।
सरकारले यस वर्ष निर्वाचन हुनु भन्दा अघिल्लो दिन अर्थात वैशाख २९ गते १८ वर्ष पुरा हुने नागरिकले भोट हाल्न पाउने व्यवस्था गरेको छ। यसकारण सबै स्थानीयमा मतदाताको संख्या बढेको छ।
जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार यस पटकको निर्वाचनमा मतदाता धेरै भएका कारण मतदान केन्द्र थप गर्नुपर्ने भएको हो। उनी भन्छन,’यस पटक चितवन जिल्लाभर ३ लाख ९८ हजार ७१९ जना योग्य मतदाता रहेका छन्। मतदान स्थल १६१ रहेका छन् त्यसैले मतदान केन्द्र बढाउनुपर्छ।’
सरकारले यस वर्ष निर्वाचन हुनु भन्दा अघिल्लो दिन अर्थात वैशाख २९ गते १८ वर्ष पुरा हुने नागरिकले भोट हाल्न पाउने व्यवस्था गरेको छ। यसकारण सबै स्थानीयमा मतदाताको संख्या बढेको छ।
मतदाताको संख्या बढेसँगै चितवनमा एक मतदान केन्द्रमा आठ जना कर्मचारी राखिनेछ। यसका लागि जिल्लाभर ४ हजार ४२ जना कर्मचारीको आवश्यक पर्ने उनि बताउँछन्।
निर्वाचनको समय नजिकिँदै गर्दा कार्यालयले जनशक्ति व्यवस्थापन तथा सरकारी कार्यालयमा कार्यरत कर्मचारीको विवरण लिने काम भइरहेको छ।