चितवन।यी भाग्यमानी व्यवसायी हुन्, जसलाई उद्योग वाणिज्य संघ चितवनमा चुनावी मैदानमा उत्रनु नै परेन । सर्वसम्मत चुनिन सफल भए । उनीहरुको उम्मेदवारमा अर्को प्रतिस्पर्धी हुन आएनन् । जसका कारण उनीहरु सर्वसम्मत हुन सफल भए ।
फागुन २५ गते भएको मनोनयनमा एक जनाको मात्रै उम्मेद्वारी परेपछि संघको अध्यक्षमा चुननारायण श्रेष्ठ सर्वसम्मत भए । उनले भने, ‘मेरा प्रतिस्पर्धी भएनन्, औपचारिक घोषणा हुन त बाँकी छ, तर अब सर्वसम्मत भन्न सकियो । उवासंघ चितवनलाई कसरी अगाडि बढाउने भन्नेमा योजना बनाएर अघि बढ्नेछु ।’
वरिष्ठ उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ सर्वसम्मत हुन सफल भएका छन् । उद्योग तर्फको उपाध्यक्षमा चिरञ्जिवी सुवेदी सर्वसम्मत निर्वाचित भए । उनीहरुको पनि औपचारिक घोषणा भएका छैनन् तर प्रतिस्पर्धी नभएका कारण उनीहरु पनि सर्वसम्मत चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पनि संघमा आउने नयाँ निर्वाचित समितिको योजनाअनुसार अघि बढ्ने बताए ।
कार्यसमिति महिलातर्फ, पूर्णिमा श्रेष्ठ, क्षेत्रीय तर्फ रेशमलाल आचार्य, वस्तुगततर्फ डाजीवन कुमार श्रेष्ठ र रजनी मास्के सर्वसम्मत भएका छन् । उद्योगतर्फ कार्यसमिति सदस्यमा पनि अशोक अधिकारी, इमान्दु बराल, कृष्णप्रसाद रिजाल, रुद्र सुवेदी, लिलाबहादुर क्षेत्री र योगिता श्रेष्ठ पिया सर्वसम्मत भएका छन् ।