चितवन । भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र उनको नवजात शिशुको मृत्यु भएको छ । कावासोती नगरपालिका ४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी) को शुक्रबार बिहान मृत्यु भएको हो ।
भरतपुर अस्पतालको प्रसूति वार्डमा गंगा फागुन २४ गते भर्ना भएकी थिइन् । गंगाले साधारण तरिकाले नै छोरी जन्माएकी थिइन् । अचानक एक घन्टाको फरकमा चिकित्सक तथा नर्सहरुले लगातार छोरी र आमाको मृत्युको खबर आफन्तलाई सुनाउँदा उनीहरु आकाशबाट खसेजस्तो भए ।
अचानक डाक्टर नर्सहरुले एक घन्टाको फरकमा आमा र शिशुको मृत्युको खबर सुनाउँदा पत्याउनै सकेनन् । आखिरी भइदियो यस्तै, एक घन्टाको फरकमा अस्पतालले आमा र शिशुको मृत्युको खबर आफन्तलाई सुनायो । आफन्तहरु शोकमा डुबे ।
‘छोरीको जन्म भयो भनेर कपडा लिन पठाए, कपडा लिएर आउँदा त बच्चाको मृत्यु भयो भनेर एकैचोटी डाक्टरले सुनाए’ मृतक गंगाकी बहिनी कल्पना गैरेले भनिन्, ‘हाम्रो परिवारलाई जस्तो अरु कसैलाई नपरोस् ।’ मृतक गंगाकी अहिले जन्मेकी छोरी नर्मल जन्मेकी थिइन् । जन्मेको केही क्षणमै उनको प्राणपखेरु उड्यो । उनको प्राणपखेरु उडेको केही क्षणमै आमाको पनि मृत्यु भयो ।
अचानक डाक्टर नर्सहरुले एक घन्टाको फरकमा आमा र शिशुको मृत्युको खबर सुनाउँदा पत्याउनै सकेनन् । आखिरी भइदियो यस्तै, एक घन्टाको फरकमा अस्पतालले आमा र शिशुको मृत्युको खबर आफन्तलाई सुनायो । आफन्तहरु शोकमा डुबे ।
‘दुबैको एक घन्टाको फरकमा मृत्यु भएका कारण हामीलाई लापरबाहीका कारणले नै यो घटना घटेको जस्तो लाग्छ’ मृतक गंगाकी बहिनी कल्पनाले भनिन्, ‘दिदीको तीन वर्षको छोरो छ, आमा कहिले आउनुहुन्छ भनेर सोधिरहेको छ, हामीमाथि ठूलो ब्रजपात भयो । यस्तो घटना अरु कसैलाई नपरोस् हामी यही कामना गरेका छौँ ।’
मृत्युको विषयमा डाक्टर नर्सहरुले फरकफरक कुरा बोलेका पीडित परिवारले बताएका छन् । मृतककी बहिनीले भनिन्, ‘कसलाई विश्वास गर्ने, के कुरामा विश्वास गर्ने ? हेर्न जान पाइएन, एकैचोटी मृत्यु भयो भनेर भनिदिए ।’ आमा र छोरी दुबैको मृत्यु भएका कारण यो घटनामा लापरबाही नै भएको पीडित परिवारको भनाइ छ ।
भरतपुर अस्पतालले अत्यधिक रक्तश्राब भएर सुत्केरीको मृत्यु भएको जनाएको छ । निकै कम महिलामा देखिने डिआइटी समस्याबाट सुत्केरीको मृत्यु भएको अस्पतालका प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पौडेल बताउँछन् ।