चितवन । चितवनको माडीमा मेयर कप चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । बसन्तपुरमा आज (शुक्रबार)बाट सुरु भएको उक्त प्रतियोगिताको शुक्रवार माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले किकप्याड हानेर उद्घाटन गरेका हुन् ।
खेलकुद विकास समिति माडी नगरपालिकाको आर्थिक तथा राष्ट्रिय तेक्वान्दो संघ नेपाल जिल्ला कार्यसमिति चितवनको प्राविधिक सहयोगमा चितवन माडी तेक्वान्दो डोजाङले सो प्रतियोगिता सञ्चालन गरेको हो ।
उद्घाटन कार्यक्रममा नगर खेलकूद विकास समितिका अध्यक्ष रामबन्धु पोखरेल, ट्वन्टीवान ग्रुप प्रपर्टी प्रा.लि.का प्रमुख राज के.सी., वाई.सि.एल. नेता सन्तोष पनेरु, माडी प्रहरी प्रमुख झलक शर्मा लगायतको आतिथ्य रहेको थियो ।