काठमाडौं । गुजराती कवयित्री पारुल खक्करको एक कवितालाई लिएर भारतमा व्यापक बहस प्रारम्भ भएको छ । उनको ‘शववाहिनी गंगा’ शीर्षकको कविता विवादमा आएको हो ।
कोरोना संक्रमण र मृत्युदर तीव्र भएको समयमा गंगा नदीमा बगेका बेनाम शवहरुलाई आधार बनाएर पारुल खक्करले यो कविता लेखेकी थिइन् । कवितामा गंगामा बगेका लासले प्रधानममन्त्री नरेन्द्र मोदीलाई ‘साहेब’ भनेर सम्बोधन गर्दछन् ।
कवितामा प्रधानमन्त्री नरेन्द्र मोदीको शासनलाई ‘साहेबको रामराज्य’ भनिएको छ । ‘साहेबको रामराज्य’ मा गंगा शववाहिनी बन्न पाएको भनिएको छ । शववाहिनी बनिसक्दा पनि ‘साहेबको रामराज्य’ मा गंगा उत्तिकै ‘पवित्र’ रहेको व्यङ्ग्य गरिएको छ ।
हिन्दुत्वको दर्शनमा विश्वास गर्ने भाजपाका नेता कार्यकर्ताले यसलाई आपत्तिको बिषय बनाएका छन् । हिन्दुहरुको आस्थाको पवित्र नदीलाई शववाहिनी भनिनु आपत्तिजनक रहेको उनीहरुको तर्क छ । उग्र हिन्दुवादीहरुले सामाजिक सञ्जालमा कवयित्री खक्करलाई धम्की दिइरहेका छन् ।
भापजाको प्रभुत्व रहेको गुजरात साहित्य एकेडेमीले आफ्नो प्रकाशन ‘शब्दसृष्टि’ मा एक बिशेष सम्पादकीय लेख्दै कवितालाई ‘साहित्यिक नक्सलवाद’ भनेको छ । भारतलाई बदनाम गर्ने उद्देश्यले यस्तो कविता लेखिएको एकेडेमीको आरोप छ ।
कविता भारतका विभिन्न भाषामा अनुवाद हुँदै सामाजिक सञ्जालमा भाइरल भएको छ भने टिभी टक शोमा कविताबारे बहस हुँदैछ । कविताको अंग्रेजी अनुवाद भइसकेको छ ।
गुजरात गृहप्रदेश भएका प्रधानमन्त्री नरेन्द्र मोदी बनारस निर्वाचन क्षेत्रबाट लोकसभा सदस्य निर्वाचित हुने गरेका छन् । सन् २०१४ को लोकसभा निर्वाचनमा पहिलोपटक वनारसबाट चुनाव लड्दा ‘स्वच्छ गंगा’ को वचन दिएका थिए ।
कविताको हिन्दी अनुवाद तल जस्ताको तस्तै-
एक साथ सब मुर्दे बोले ‘सब कुछ चंगा-चंगा’
साहेब तुम्हारे रामराज में शव-वाहिनी गंगा
ख़त्म हुए शमशान तुम्हारे, ख़त्म काष्ठ की बोरी
थके हमारे कंधे सारे, आँखें रह गई कोरी
दर-दर जाकर यमदूत खेले
मौत का नाच बेढंगा
साहेब तुम्हारे रामराज में शव-वाहिनी गंगा
नित लगातार जलती चिताएँ
राहत माँगे पलभर
नित लगातार टूटे चूड़ियाँ
कुटती छाति घर घर
देख लपटों को फ़िडल बजाते वाह रे ‘बिल्ला-रंगा’
साहेब तुम्हारे रामराज में शव-वाहिनी गंगा
साहेब तुम्हारे दिव्य वस्त्र, दैदीप्य तुम्हारी ज्योति
काश असलियत लोग समझते, हो तुम पत्थर, ना मोती
हो हिम्मत तो आके बोलो
‘मेरा साहेब नंगा’
साहेब तुम्हारे रामराज में शव-वाहिनी गंगा
-द वायरबाट ।