चितवन । भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र उनको नवजात शिशुको मृत्यु भएको छ । कावासोती नगरपालिका ४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी) को शुक्रबार बिहान मृत्यु भएको हो ।
भरतपुर अस्पतालको प्रसूति वार्डमा गंगा फागुन २४ गते भर्ना भएकी थिइन् । गंगाले साधारण तरिकाले नै छोरी जन्माएकी थिइन् । अत्याधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालको दावी छ ।