चितवन । चितवनमा स्क्रब टाइफस महामारीको खतराका संकेतहरु देखिन थालेका छन् । चालु आर्थिक वर्षको साउन यता आठ महिनामा २३७ जनामा स्क्रब टाइफस देखिएको छ ।
जनस्वास्थ्य कार्यालयका भेन्टर कन्ट्रोल निरीक्षक राम केसीले २०७८-७९ मा २७ सय १० जनामा स्क्रब टाइफसको परीक्षण गर्दा २३७ जनामा पोजेटिभ देखिएको बताए । उनले भने, ‘स्क्रब टाइफसका बिरामीहरु छोटो समयमा बढी देखिएको छ, गत वर्षको तुलनामा यस वर्ष स्क्रब टाइफस परीक्षण गर्नेको संख्या पनि बढी छ ।’ गत वर्ष चितवनमा २२ सय ९० जना स्क्रब टाइफस परीक्षण गरेका थिए । अहिले यो आठ महिनामा स्क्रब टाइफस परीक्षण गर्नेह्रु २७ सय १० पुगिसकेको छ ।
गत वर्ष चितवनमा ३१८ जनामा स्क्रब टाइफस देखिएको थियो, तर अहिले ८ महिनामै २३७ जनामा स्क्रब टाइफस देखिएको केसी बताउँछन् । उनले भने, ‘बल्ल लामखुट्टेको मौसम सुरु भएको छ, यसको संख्या अझ बढ्न सक्छ ।’ उनका अनुसार लामखुट्टेको टोकाइबाट नै स्क्रब टाइफस सर्ने गर्छ । टाउको दुख्ने, अत्याधिक ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने स्क्रब टाइफसको प्रमुख लक्षण हुन् । यो रोग चितवनमा विगत सात वर्ष अघिदेखि देखिन थालेको हो । नेपालमै सबैभन्दा बढी स्क्रब टाइफस संक्रमित चितवनमै भइरहेका तथ्यांकले देखाउँछ ।
‘माइट’ नामको किर्नाले टोकेपछि स्क्रब टाइफस रोग लाग्छ । यो जुम्राभन्दा पनि सूक्ष्म हुन्छ । प्रायः नाङ्गो आँखाले देख्न सकिदैन् । यो मुसाको कानमा बस्छ । घाँसमा ‘माइट’ झरेको अवस्थामा मानिससँगको सम्पर्कमा आउँदा यसको संक्रमण हुन्छ ।
टाउको दुख्ने, अत्याधिक ज्वरो आउने, गर्धन र घाँटी वरिपरि मसिना बिमिरा आउने स्क्रब टाइफसको प्रमुख लक्षण हुन् । यो रोग चितवनमा विगत सात वर्ष अघिदेखि देखिन थालेको हो । नेपालमै सबैभन्दा बढी स्क्रब टाइफस संक्रमित चितवनमै भइरहेका तथ्यांकले देखाउँछ ।
चितवनमा एकै प्रकृतिका तीन रोगको खतरा
जिल्लामा रोग संक्रमण गराउने उपयुक्त मौसम भएको कारणले यहाँ रोगको जोखिम पनि उत्तिकै छ । जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु, चिकनगुनिया तथा स्क्रब टाइफसको जोखिम उच्च छ । डेंगु र चिकेनगुनिया लामखुट्टेबाट सर्छ । यसको भाइरस मार्न सकिँदैन ।
चिकनगुनिया रोग हालसम्म तीन जनामा देखिएको छ । चिकनगुनिया भएपछि डेंगुकै लक्षण ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने, जोर्नीहरु बढी दुख्ने हुन्छ। चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालु आर्थिक वर्षमा ५६ जनामा डेंगु देखिएको छ । उनले यो वर्ष साउन यता करिब ८ महिनामा ३ हजार ४७ जनामा परीक्षण गर्दा ५६ जनामा डेंगु देखिएको बताए । तीन वर्षअघि चितवनको रत्ननगर क्षेत्रमा डेंगुको महामारी नै फैलिएको थियो। चितवनमा भद्रौं, असोज र कार्तिकमा सवैभन्दा बढि डेंगुको संक्रमण भएको पाइएको छ ।
गर्मी र वर्षातको पानी सुक्ने अवस्थामा पुगेका बेला डेंगुको संक्रमण हृवात्तै बढने गरेको भेक्टर कन्ट्रोल निरीक्षक केसीले बताए । जिल्लामा स्क्रब टाइफसको जोखिम पनि उत्तिकै छ ।
ज्वरो आउनसाथ तुरुन्तै अस्पताल आउनुहोस्ः चिकित्सक
स्क्रव टाइफस, डेंगु वा चिकनगुनिया, मलेरियालगायत सबैको मुख्य लक्षण भनेको ज्वरो हो । ज्वरो आयो भनेर सामान्य रूपमा लिने र सिटामोल मात्रै खाएर घरमा बस्दा ज्यानै जान सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन् । ज्वरो आउनुको कारण के हो भन्ने बारेमा खोजी नगरी आफु खुसी औषधी सेवन गर्दा यि रोगले ज्यान नै लिन सक्छ ।
‘ज्वरो आएको त हो नी भनेर सिटामोल वा अन्य औषधी किनेर खानु भनेको मृत्यलाई नजिक बोलाउनु हो’ एक चिकित्सकले भने, ‘पछि रोगले निकै च्याप्दै लगेपछि ‘मल्टिपल अर्गान फेल्योर’ हुने र आन्तरिक रक्तश्राव भएर बिरामी मर्दछन् ।
त्यसैले ज्वरोलाई सामान्य रुपमा नलिई चिकित्सकमा देखाउनुपर्दछ । ल्याव परिक्षण गरेर मात्रै औषधिको सेवन गर्नुपर्दछ । स्क्रब टाइफसको सिजन कार्तिकसम्म मानिन्छ । चितवन देशकै मध्य भागमा रहेकोले सबै ठाउँका मान्छेको यस जिल्ला भएर आउजाउ गर्ने कारणले पनि यहाँ रोगहरुको खतरा बढ्ने चिकित्सकहरु बताउँछन् ।