चितवन। चितवनमा एक महिनामा एक हजार भन्दा बढीले राहदानीका लागि सिफारीस गरेका छन् । कोरोना भाइरस संक्रमणदर कम भएसँगै जिल्लामा राहदानीका लागि सिफारिस गर्नेको संख्या बढेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक महिनामा ८७३ जनालाई राहदानी वितरण गरेको छ । अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा ७ हजार ६६ जनाले राहदानी सेवा लिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गले जानकारी दिए।
पछिल्लो समय कार्यालयबाट द्रुत सेवा लिनेको संख्यामा बृद्धि भएको कार्यालयले बताएको छ । माघ महिनामा चितवनमा विद्युतीय राहदानीका लागि ९४ जनाले सिफरिस गरेका छन् ।
गत पौष ७ गतेदेखि चितवनमा ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु गरिएको थियो । उक्त सेवा लागु भएपश्चात हालसम्म ९१० जनाले सिफारीस गरेका छन् ।