पोखरा। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
उनले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाउन लागेका छन् । स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट संसदीय दलका नेता हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्ने पक्का छ ।सांसद गुरुङलाई ठुलै मन्त्रालय दिने तयारी भएको स्रोतले बताएको छ।
गठबन्धनका नेताहरुसँगको छलफलमा सांसद राजीव गुरुङले आफूलाई गृह नभए अर्थ मन्त्री चाहिने बताएका छन् । गण्डकीमा सांसद राजीव गुरुङको मतले नै गर्दा गठबन्धनको सरकार सम्भब बनेको हो। स्रोतका अनुसार सांसद गुरुङले गृह मन्त्री हुन जोड बल गरेका छन्। यदि गुरुङले गृह मन्त्रालय पाए भने प्रहरी प्रशासन उनकै मातहतमा हुन्छ। उनले ठुलै मन्त्रालयको लागि मुख्यमन्त्री गुरुङको सरकारबाट राजिनामा दिएको स्रोतको दाबि छ।