चितवन । रत्ननगर नगरपालिका वडा नं -७ स्थित मालपुरमा चरा चोकको उद्घाटन गरिएको छ । आज (आइतबार) चरा (मयूर)को मुर्ति स्थापना गर्दै चरा चोकको उद्घाटन गरिएको हो ।
मालपुर यूथ भिजन क्लबले आयोजना गरेको कार्यक्रममा चोकको उद्घाटन मुर्तिमाथिको रातो कपडा हटाउँदै, रत्ननगर नगरपालिका वडा नं -७ का वडाध्यक्ष लालबहादुर भट्ट र समाजसेवी गोविन्द प्रसाद पाण्डेले सयूक्तरुपमा गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष भट्टले, मुर्ति स्थlपना पछि चरा चोकमा पर्यटकको आकर्षण बढ्ने विश्वास रहेको बताए।
कार्यक्रममा चरा चोकका स्थानियहरुको उपस्थिती रहेको थियो ।